समाचार

घरमा पूजा लगाएर नुहाउन गएका चट्याङ लागेर ३ जनाको मृत्यु, २ जना गम्भीर घाइते

राजविराज — चट्याङ लागेर बिहीबार बिहान सप्तरीमा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

कोसीमा नुहाउन गएका बेला बेला कोसी ब्यारेजको पुल नजिक चट्याङ लागेर २ जनाको ज्यान गएको हो । महदेवा गाउपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले जानकारी दिए ।

घरमा पूजा लगाएर नुहाउन गएका उनीहरु कोसी ब्यारेज पुगेका थिए । यसैगरी खेतमा धान रोप्न गएको बेला चटयाङ लागेर डाक्नेश्वरी नगरपालिका ९ लछनपटीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको प्रहरी निरीक्षक खडकाले जनाए ।

यस्तै चट्याङ लागेर सप्तरीको राजगढ गाउँपालिका बेल्ही चपेनामा २ जना गम्भीर घाइते भएका छन् । चट्याङ लागेर घाइते भएका ४५ वर्षीय केसी साह र आँगंनमा काम गरिरहेकी १८ वर्षीया आशा मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।

Related Articles

Back to top button