समाचार

बुटवलमा प्रवेश गर्‍यो, अनिकाल’ निम्ल्याउने किरा सलह

Loading...

प्रदेश नम्बर ५ को रूपन्देहीमा सलह कीरा देखिएका छन्। शनिबारदिउँसो बुटवल आसपास क्षेत्रमा सलह कीरा देखिएको हो। गोलपार्क,सुख्खानगर,शिव Nनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए। स्थानीयले सलह देखिएको जानकारी गराएपछि निरीक्षणगर्दा उक्त किरा सलह नै रहेको कीटविज्ञ दीपक खनालले जानकारी दिए। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक नारायण खत्रीले सलहनेपालमा भित्रिएको बताउँदै यसले यो मौसममा कम आक्रमण गर्न सक्ने बताए। उनले अहिले वन क्षेत्रमा देखिएको र यसले चुनौती दिए पनि अहिले क्षति कम गर्ने बताए। अहिले बर्षाको मौसममा कमक्षेती गरेपनी उच्च सतर्कताका साथ नियन्त्रणमा लाग्नुपर्ने बताए।प्रदेश ५ को कृषि विकास निर्देशनालयप्रमुखयामनारायण देवकोटाकाअनुसार किसानहरूबाट सलह कीरा भेटिएको र यस विषयमा अनुसन्धान जारी रहेको बताए। सुख्खानगर क्षेत्रका स्थानीयलेसलहकीरा छापेरडिव्वा
मा राखेपछि वैज्ञानिकलाई खबर गरेका थिए।नेपालमा सलह कीरा प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केहीठाउँमा शनिबार

बिहान ८ बजे सलह कीराका समूह देखिएको ह‘आज बिहान रूखमा सलह कीरा बसेको देखेपछि किसानहरूले हामीलाई खबरगर्नुभएको हो,’कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले सेतोपाटीसँग भने, ‘अहिले हामी फिल्डमा छौं। यहाँ सलहका चार वटा झुण्ड रहेछ।बारामा शनिबार देखिएको सलह। तस्वीर स्रोत: जीतेन्द्र यादव/कृषि ज्ञान केन्द्र बारा।उनले सलह कीरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयमा जानकारी गराइएको बताए। ‘यसबारे छलफल गर्न आज दिउँसो १ बजे मन्त्रालयले जुम मिटिङ राखेको छ,’ उनले भने।यादवका अनुसार बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह देखिएका छन्। मन्त्रालयका प्रवक्ता हरिबहा दुर केसीले सलह नेपाल प्रवेश गरेकोबारे सूचना आए पनि यसको पुष्टि भइनसकेको बताए। ‘यसबारे अहिले १ बजे छलफल गर्न बैठक छ,’ उनले भने।बारामा शनिबार देखिएको सलह। तस्वीर स्रोत: जीतेन्द्र यादव/कृषि ज्ञान केन्द्र बारा।यसअघि नेपालमा

सलह प्रवेश गर्न सक्ने भन्दै मन्त्रालयले प्लान्ट क्वारेन्टाइ न तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरेको थियो।अफ्रिकी मुलुकबाट अरबियन देश हुँदैएसिया को इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो।सलह फट्याङ्ग्रा वर्गको कीरा हो। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ।सलहको वैज्ञानिक नाम Schis toce rca Gregaria हो। यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्‍याउँछ।सलह कीरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वन स्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ।यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ।यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुने गर्छ। जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन्।

Loading...

Related Articles

Back to top button
Close
Close