समाचार

। उपचार गर्न काठमाडौं आएका मन्त्री का दाजु बेपत्ता

काठमाडौं । उपचार गर्न काठमाडौं आएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु ७० वर्षीय शिवप्रसाद बेपत्ता भएका छन् । उनी बल्खुस्थित निवासबाटै उनी बेपत्ता भएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार १५ जेठदेखि उनी हराएको भनदै ढकाल परिवारले उजुरी दिएको छ ।अहिले बेपत्ता शिवप्रसादको खोजीमा महानगरीय अपराध अनुसन्धान महाशाखादेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म खटिएको छ । तर, हालसम्म अत्तोपत्तो लागेको छैन । उनले मोबाइल समेत नबोकेका कारण पत्ता लगाउन समस्या भएको प्रहरीले जनाएको छ ।बुटवल : इलाका प्रहरी रन्यौरा मुर्गियाका प्रहरी निरीक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले केहीबेर अघि कार्यालय परिसरबाटै घुससहित उनलाई पक्राउ गरेको हो। सेवाग्राहीसँग घुस लिदै गर्दा प्रक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए। भुसालले घटनाको विषयमा थप अनुसन्धन भइरहेको जानकारी दिए।पाँचथरमा बजारमा आगलागी हुदा २ जलेर नष्ट भएका छन् । पाँचथरको सदरमुकाम फिदिम बजारमा भएको आगलागीबाट स्थानीय संगीता राना मगर र कर्णकुमार थापाको घर जलेर नष्ट भएका हुन् ।आगलागीको सुरु पाथिभरा मिष्ठान्न
भण्डारबाट भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

गैरकानूनी कार्य गरेको आरोपमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारका अनुसार जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गा गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गामा घुसाउने गरी श्रेस्ता कायम गरेको पाइएको छ ।मन्जुतारा शाक्यको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको कित्ता नम्बर १००१ र १००२ गरी जग्गाको एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा मूल नक्सामा रहेको साविक कित्ताको आकार, प्रकार परिवर्तन गरी छुट्टै फाइल नक्सा बनाई भ्रष्टाचार गरेको पाइएको छ ।गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गाको क्षेत्रफल बढाउने कार्यमा नापी कार्यालय, ललितपुरका तत्कालीन कार्यालय प्रमुख ऐर, तत्कालीन सर्वेक्षक केशवनाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेशकुमार केसी र नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायणदास श्रेष्ठको प्रत्यक्ष संलग्नता आयोगले आरोप लगाएको छ ।उनीहरु विरुद्ध आयोगले उक्त जग्गाको मूल्य रु १७ लाख ८१ हजार २५० बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Related Articles

Back to top button