समाचार

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

Loading...

काठमाडौं । विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे छ । प्रहरीकाअनुसार सर्लाहीको कबिलासी नगरपालिका-१० स्थित सडकमा बा.१० प ४४८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मंलगवा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो साथै दुर्घटना मा घाइते भएका मोटरसाइकल चालक मंलगवा नगरपालिका-५ भाडसर बस्ने मोहमद गुलाम गैसको जिल्ला अस्पताल मंलगवामा उपचार भइरहेको छ ।रुप न्देहीको बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित सडकमा रोकी राखेको ना.६ ख ६२४ नम्बरकोट्रकमा बा.१४ च ६८७९ नम्बरको गाडी ठोक्किएरशुक्र

बार राति दुर्घटना हुँदा उक्त गाडीमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा सियारी गाउँपालिका-६ अमुवा बस्ने २२ वर्षीय रोशन गुरुङकोघटनास्थलमै र बुटवल उपमहानगरपालिका-११ कालिकानगर बस्ने २१ वर्षीय शुशिल कुँवरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार बिहानमृत्यु भएको हो । दुवै गाडीका चालकलाई सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ यसैगरी रौतहटको गुजरा नगरपालिका-४ कनकपुरमा ना.७ त ८७ ३८ नम्बरको ट्याक्टर अन्यत्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक २० वर्षीय संजय माझीको मृत्यु भएको छ ।बाराको सिम्रौनगढ नगपालिका-७ पर्सा टोलमा पनि बिआर ०५ एम ७९५९ र बिआर ०५ एइ ६१६२ नम्बरका मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा बिआर ०५

एम ७९५९ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने ४२ वर्षीय अबताब आलमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचा रको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न हाल फरार रहेका बिआर ०५ एइ ६१६२ नम्बरको मोटरसाइकलका चाल कको प्रहरीले खोजी गरिरहेको छ ।यसैगरी चितवनको खैरहनी नगरपालिका-४ लापाटोलस्थित ना.७ त ४४८८नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँबस्ने ५७ वर्षीय रिट्ठे परियारको शनिबार बिहान मृत्यु भएको छ । आफ्नै खेत जोत्ने क्रममा उक्त ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हो ट्याक्टरर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनामा सम्बन्धमा स्थानीय प्रहरीले थपअनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षलेजनाएकाे छ ।

Loading...

Related Articles

Back to top button
Close
Close