समाचार

प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारीको धर्मपत्नी साइकल चलाउन जान्नुहुन्न’

Loading...

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो आलोचना भएको सहन गर्न सक्दैनन् । हरेक तर्क र कुराले आफ्नो कुरा सहि भन्ने प्रस्तुती प्रधानमन्त्रीको हुन्छ । आलोचना गर्नेहरुलाई निकै कठोर ढंगले प्रतिकृया दिन्छन् । उनले हर तरहले सरकार बचाउ गर्ने गरेका छन् । तर उनले सरकार र आफ्नो मात्र होइन आफ्ना समर्थनमा लाग्ेनहरुलाई पनि त्यसैगरी बचाउ गर्छन ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गर्नेहरुलाई पनि बाँकी राख्दैनन् । प्रतिनिधि सभामा वजेटका वारेमा उठेका प्रश्नको जवाफ दिने क्रममा पनि राष्ट्रपतिको वचाउ गरेका ओलीले मदन भण्डारी स्मृति दिवसका अवसरमा १४ गते दिएको अभिब्यक्तिका क्रममा पनि बचाउ गरेका छन् ।

ले राष्ट्रपति महँगो गडीमा चढ्ने भन्दै आलोचना गर्नेहरु माथि उनले आलोचना गरेका छन् । उनले राष्ट्रपतिलाई त्यसो भनेर आलोचना गर्नेहरु नै राम्रै गाडी चढ्ने गरेको बताएका छन्। बालुवाटारमा आयोजित मदन भण्डारीको स्मृति सभामा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । राष्ट्रपतिले १६ करोडको गाडी चढ्ने गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

ुआजकल मान्छेहरु अक्सर भन्ने गर्छन्। मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो।अहिलेका नेताहरु उहाँको श्रीमती १६ करोडको गाडीमा हिँड्ने भन्छन्, १६ करोडको गाडी छ कि छैन। नेपालमा आउँछ कि आउदैन। त्यो मलाई थाहा छैन। १६ करोडको होइन, राष्ट्रपति हिँड्ने गाडी बाटोमा जाँदाजाँदै स्टार्ट बन्द हुने, पुराना गाडी यो इर्ष्या भावको कुरा नगरौं।ु

जननेता भण्डारीको साइकल चढेको तस्बिर सामाजिक सञ्जालमा भेटिन्छन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भण्डारीको साइकल चढेको तस्बिर र राष्ट्रपतिको गाडी चढेको तस्बिर जोडेर आलोचना गर्ने गरेका छन् । त्यसरी आलोचना गर्नेलाई प्रधानमन्त्रीले भने भने, मदन भण्डारीको धर्मपत्नी साइकल चलाउन जान्नुहुन्न।

106
SHARES

Loading...

Related Articles

Back to top button
Close
Close