समाचार

प्रहरी निरीक्षक रङ्गेहात पक्राउ

२३ जेठ, बुटवल । इलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ परेका छन् ।ख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई बिहीबार १५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो ।उनलाई ढुंगा गिट्टिको कारोबार गर्नेसँग रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए बिस्फोटका घाइतेको परिचय खुल्यो काठमाडौ । काठमाडौंको सुकेधारामा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका ब्यक्तिको परिचय खुलेको छ । ओम अस्पतालको आइसियुमा उपचार गराईरहेका ती ब्यक्ति रामेछाप मन्थली नगरपालिका वडा नं ४ निवासी रामकुमार श्रेष्ठ रहेका छन् ।घटना भएको दिन जेठ १२ गते सुकेधारा स्थित छोटे ठाकुरको सैलुनमा पुग्ने बित्तिकै कुकर बम बिस्फोट हुँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । बम बिस्फोटकै घाइते अरु २ जना सुरेन्द्र महर्जन र हरि खड्काको पनि ओम अस्पतालमै उपचार भईरहेको छ ।उक्त बम विस्फोटमा परि दाङका गोकुल रानामगर, कालिकोटका दिपेन्द्र विक र बाग्लुङका कृष्ण भण्डारीको मृत्यु भएको थियो । शुरुमा घाइतेहरुको पहिचान नखुले पनि तत्काल उपचार गरिहाल्नु पर्ने भएकाले अस्पतालमा घाइतेहरुलाई एक्स, वाई र जेट नाम दिएर उपचार थालिएको थियो । एक्स नाम दिएका पहिचय नखुलेका ति ब्यक्ति रामेछापका रामकुमार हुन् भने वाई र जेट नाम दिइएका ब्यक्ति क्रमश सुरेन्द्र महर्जन र हरि खड्काको पनि ओम अस्पतालमा उपचार भइरहेको छ ।बिहिबार मात्र पहिचान खुलेका रामकुमारको

उपचारमा संलग्न डाक्टरका अनुसार उनी खत्तरा मुक्त छन् । बमको छर्राले टाउको, छात्ती र खुट्टामा गम्भीर चोट छ । जेठ १२ गतेदेखि नै रामकुमार सम्पर्कमा नआएपछि उनका आफन्त अस्पताल श्रोतको सुचनाका आधारमा ओम अस्पताल पुगेका थिए ।रामकुमारसहित सुरेन्द्र र हरिको ओम अस्पतालले अहिलेसम्म निशुल्क उपचार गरिरहेको थियो । भव्यतव्य घटनामामा परेकोले पहिचान नभएपनि खुरुखुरु उपचार गरिरहेको अब उनीहरुको पहिचान खुलेर आफन्त सम्पर्कमा आएपछि सहज हुने ओम अस्पतालका डाइरेक्टर बाबुकाजी कार्कीले बताए ।काठमाडौं । उपचार गर्न काठमाडौं आएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु ७० वर्षीय शिवप्रसाद बेपत्ता भएका छन् । उनी बल्खुस्थित निवासबाटै उनी बेपत्ता भएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार १५ जेठदेखि उनी हराएको भनदै ढकाल परिवारले उजुरी दिएको छ ।अहिले बेपत्ता शिवप्रसादको खोजीमा महानगरीय अपराध अनुसन्धान महाशाखादेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म खटिएको छ । तर, हालसम्म अत्तोपत्तो लागेको छैन । उनले मोबाइल समेत नबोकेका कारण पत्ता लगाउन समस्या भएको प्रहरीले जनाएको छ ।बुटवल : इलाका प्रहरी रन्यौरा मुर्गियाका प्रहरी निरीक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले केहीबेर अघि कार्यालय परिसरबाटै घुससहित उनलाई पक्राउ गरेको हो। सेवाग्राहीसँग
घुस लिदै गर्दा प्रक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए। भुसालले घटनाको विषयमा थप अनुसन्धन भइरहेको जानकारी दिए।पाँचथरमा बजारमा आगलागी हुदा २ जलेर नष्ट भएका छन् । पाँचथरको सदरमुकाम फिदिम बजारमा भएको आगलागीबाट स्थानीय संगीता राना मगर र

कर्णकुमार थापाको घर जलेर नष्ट भएका हुन् ।आगलागीको सुरु पाथिभरा मिष्ठान्न भण्डारबाट भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी कार्य गरेको आरोपमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारका अनुसार जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको जग्गा गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गामा घुसाउने गरी श्रेस्ता कायम गरेको पाइएको छ ।मन्जुतारा शाक्यको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको कित्ता नम्बर १००१ र १००२ गरी जग्गाको एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा मूल नक्सामा रहेको साविक कित्ताको आकार, प्रकार परिवर्तन गरी छुट्टै फाइल नक्सा बनाई भ्रष्टाचार गरेको पाइएको छ ।गैरकानूनी रुपमा व्यक्ति विशेषको नामको जग्गाको क्षेत्रफल बढाउने कार्यमा नापी कार्यालय, ललितपुरका तत्कालीन कार्यालय प्रमुख ऐर, तत्कालीन सर्वेक्षक केशवनाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेशकुमार केसी र नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायणदास श्रेष्ठको प्रत्यक्ष संलग्नता आयोगले आरोप लगाएको छ ।उनीहरु विरुद्ध आयोगले उक्त जग्गाको मूल्य रु १७ लाख ८१ हजार २५० बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Related Articles

Back to top button