समाचार

पश्चिमका जिल्लामा भयानक हावाहुरी अहिलेसम्मकै ठूलो वितन्डा ठूलो जनधनको क्षति

(भिडियो हेर्नुहोस्) काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आँधीले वितण्डा मच्चाउँदा एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।कैलालीको गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको र घाइते हुनेको संख्या ७५ पुगेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।आँधीबाट विशेषगरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका प्रभावित भएको उनको भनाइ छ । घाइतेमध्ये अधिकांशको सेती अञ्‍चल अस्पतालमा उपचार भइरहेको छ भने अन्यको नयाँ मेट्रो, निर्सग र अत्तरियाको पद्‍मा अस्पतालमा उपचार भइरहको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्‍नेतले जानकारी दिए ।कञ्‍चनपुरमा भने घरको छाना र बिजुलीका पोल ढलेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।बिहीबार बेलुका आएको आँधीले घरका छाना उडाउनुका साथै बालीनालीमा व्यापक क्षति पुर्‍याएको उनले बताए । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेको उनको भनाइ छ ।हावाहुरीले बिजुलीको पोल ढालेर विद्युत सेवा अवरुद्ध भएको छ । अहिले हावाहुरी रोकिएको छ ।आपतकालीन कार्यसञ्‍चान केन्द्रका अनुसार हावाहुरी बर्दीया र दाङतर्फ बढिरहेकोले सतर्क रहन आग्रह गरेको छ ।

कैलाली : बिहीबार साँझको हावाहुरीले कैलालीमा एकजनाको मृत्यु भएको छ । हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । कैलालीका एसपी सुदीप गिरीका अनुसार हावाहुरी चलेका बेला चौधरी सवार मोटरसाइकल टिपरमा ठोक्किएपछि उनी गम्भीर घाइते भएका थिए । हावाहुरीमा परी घाइते भएका अन्य ३२ जनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीको हावाहुरी बर्दिया र दाङतर्फ बढ्ने क्रममा छ । उक्त क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरेको छ । बिहीबार साँझ पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण घाइते हुनेको संख्या ३२ पुगेको छ । धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक गिरी नेतृत्वको प्रहरी टोलीले दुबैजनाको उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको थियो ।
कञ्चनपुर प्रहरीले सातजना भन्दा बढी घाइते महाकाली अञ्चल अस्पतालमा पुगेको जनाएको छ । हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना

उडाएको छ भने पक्की घरको जीना (छतमा जाने बाटो)को जस्ताहरु उडाएको छ ।स्थानीयहरु पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको बताउँछन् । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दाबी छ ।धनगढीका होटल सुनगाभाका सञ्चालक सुदीप क्षेत्रीको पनि हावाहुरीेले घरको छाना उडाएको छ भने उनको दुईलाख लागानीको सटरिङ उडाएको छ । श्रेष्ठले शुक्रबार छत हाल्ने तयारी गरेका थिए । कैलाली र कञ्चनपुरमा दर्जनौं विद्युतका पोलहरु ढलाएकाले विद्युत् आपुर्ती बन्द भएको छ भने नेपाल टेलिकमका पोलमा पनि क्षति पुगेपछि केही स्थानको फोन सेवा समेत अवरुद्ध भएको छ । कैलाली प्रहरीेले मानिसहरु रुख ढलेर च्यापिएको खबर आए पनि त्यहाँ जाने सडकमा दर्जनौं रुख ढलेकाले जान नसकेको जनाएको छ ।हामीलाई धेरै ठाउँबाट रुखहरु ढलेर मानिसहरु च्यपिएको खबर आइरहेको छ, तर जान खोज्दा बाटो अवरुद्ध छ’, कैलालीका एसपी सुदीप गिरीले भने । धनगढी : पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ ।स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण ११ जना भन्दा बढी घाइते भएका छन् ।धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले

दुबैजनाको उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ ।कञ्चनपुर प्रहरीले सातजना भन्दा बढी घाइते महाकाली अञ्चल अस्पतालमा पुगेको जनाएको छ । हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना उडाएको छ भने पक्की घरको जीना (छतमा जाने बाटो)को जस्ताहरु उडाएको छ ।स्थानीयहरु पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको बताउँछन् । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दावी छ ।धनगढीका होटल सुनगाभाका सञ्चालक सुदीप क्षेत्रीको पनि हावाहुरीेले घरको छाना उडाएको छ भने उनको दुईलाख लागानीको सटरिङ उडाएको छ । श्रेष्ठले शुक्रबार छत हाल्ने तयारी गरेका थिए । कैलाली र कञ्चनपुरमा दर्जनौं विद्युतका पोलहरु ढलाएकाले विद्युत् आपुर्ती बन्द भएको छ भने नेपाल टेलिकमका पोलहरुमा पनि क्षति पुगेपछि केही स्थानको फोन सेवा समेत अवरुद्ध भएको छ । कैलाली प्रहरीेले मानिसहरु रुख ढलेर च्यापिएको खबर आए पनि त्यहाँ जाने सडकमा दर्जनौं रुखहरु ढलेकाले जान नसकेको जनाएको छ हामीलाई धेरै ठाउँबाट रुखहरु ढलेर मानिसहरु च्यपिएको खबर आइरहेको छ, तर जान खोज्दा बाटो अवरुद्ध छ’ कैलालीका एसपी सुदीप गिरिले भने । उनले कैलालीभरका सबै प्रहरीलाई मानवीय उद्धारमा खटाएको बताए । ‘म आफैँ पनि फील्डमा छु, सबै प्रहरीलाई उद्धारमा खटिन निर्देशन दिएको छु’ एसपी गिरिले भने । कैलाली र कञ्चनपुरमा अहिलसम्मकै ठूलो बेगको हावाहुरी आएको अनुमान गरिएको छ ।

Related Articles

Back to top button