समाचार

भर्खरै आयो सबैलाइ चकीत पार्ने खबर हेर्नुहोस। सेयर गरौ

काठमाडौं । सत्तारुढ नेकपाभिको शक्ति संघर्ष सतहमा आइरहेकै बेलाप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ।देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घन्टा गोप्य छलफल भएको थियो कांग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार त्यसदिनको भेटघाट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीका विषयलाई लिएर मात्र भएको थियो।‘प्रधानमन्त्रीले बोलाइसेपछि प्रमुख प्रतिपक्षी दलको नेता नजाने स्थिति हुन्न भेटघाटमा नेकपाभित्रको विवाद रघटनाक्रमबारे केही कुरा भयो कि

भनेर हामीलेपनि सभापतिसँग चासो राखेका थियौं तर उहाँले त्यसबारे कुरै नभएको र आयोगका पदाधिकारी नियुक्तीका विषयमा छलफल भएको बताउनु भयो’, निधिले भने, ‘सभापतिले त्यति भनिसकेपछि आशंका गर्ने कुरै भएन।’ओली र देउवाबीचको भेटघाटले नेकपामा ओलीइतर खेमालाई त आशंकित बनाएकै छ, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सशंकित छ । देउवाप्रति लक्ष्य गर्दै पौडेलले शनिबार एक सार्वजनिक कार्यक्रममैअंक गणितको जोड घटाउमा कांग्रेस लाग्न हुन्न।जोड घटाउ गरेर पत्ताप्राप्तिका लागि होइन, सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ,’ सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले राजधानीमाआयोजना गरेको कार्यक्रममा पौडेलको भनाइ थियो,अरुको घर भत्केला र आफ्नो घर बन्ला भनेर सोच्नु दुर्भाग्यपूर्ण।कान्तिपुर दैनिकबाट

Related Articles

Back to top button