समाचार

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या

काठमाडौं, २१ असार । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या फेरी थपिएका छन् । आइतवार काठमाडौं उपत्यकामा थप ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार गरेको नियमित प्रेस व्रिफिगंको क्रममा ३० जना नया कोरोना संक्रमित थपिएको बताएका हुन् । मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जना छन् । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ।कोरोनाबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ।

यस्तै आइतबार थप २९२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार योसहित संक्रमितको संख्या १५ हजार ७८४ पुगेको हो। १३२ जनाले कोरोना जितेर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिए । योसहित कोरोना जित्नेको संख्या ६ हजार ५४७ पुगेको छ।मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

यो अर्को समाचार, ८१ वर्षीयाले कोरोना जितिन्
सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकी छन् । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना मुक्त भएर आज घर फर्किएकी हुन् । उनीसँगै सिरहाका ६३ जना कोरोना सङ्क्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट मुक्त भई घर फर्किंदा खुशी भएकी उनले आत्मबल बलियो बनाएर स्वास्थ्यकर्मीको सुझावअनुसार आइसोलेशनमा बसेकाले कोरोनालाई जितेको बताइन् । घरका सदस्यमा कोरोना पुष्टि भएपछि मण्डललाई पनि सिरहा क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । दुई साता क्वारेन्टिन बसाइका क्रममा गरिएको पिसिआर परीक्षणमा उहाँमा पनि कोरोना सङ्क्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा राखिएको थियो ।

करिब २० दिनमा दुईपटक स्वाब सङ्कलन गरी गरिएको कोरोना परीक्षणमा रिपोर्ट निगेटिभ आएपछि मण्डललाई घर पठाइएको आइसोलेशन इञ्चार्ज अरविन्द मण्डलले जानकारी दिए । उनीसँगै सिरहाको चन्द्र माध्यमिक विद्यालय ४९ जना र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेशनबाट १४ जना गरी कूल ६३ जना उपचारपश्चात् निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अब महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेशनमा २५ र चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा २४ जना गरी ४९ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button