समाचार

हावाहुरीले काठमाडौं खुला र सफा

बिहीबार साँझ सुदूरपश्चिमका कञ्चनपुर र कैलालीमा अचानक हावाहुरी आयो। साँझ साढे सात बजेपछि आएको हावाहुरीले दुई जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।तीमध्ये ८० जना उपचार गरेर घर फर्किएका छन् भने १८ जनाको अहिले अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएकोधनगढीवासीले बिहीबार साँझ भोगेको हावाहुरी शुक्रबार झिसमिसेमै काठमाडौं आइपुग्यो।त्यो हावाहुरीको काठमाडौं आवागमन मौसम पूर्वानुमान महाशाखाको अनुमानविपरीत थियो।कैलालीको टीकापुर आसपासमा ९६ किलोमिटर प्रतिघन्टाको गतिमा रहेको हावाहुरी पूर्व आउँदा बिस्तारै घटेको थियो।महाशाखाले हावाहुरी तराईंको बाटो हुँदै जाने पूर्वानुमान गरेको थियो।तर मध्यनेपालबाट हावाहुरी काठमाडौंतिर लाग्यो। यहाँबाट उत्तर पसेको छ,’ महाशाखाकी मौसमविद् विभुति पोखरेलले सेतोपाटीसँग भनिन्।सबेरै आएको हावाहुरीले काठमाडौंको धुलो पनि सिनित्तै उडाएर लगाएको छ। काठमाडौं खुला र सफा देखिएको छ। जेठ तेस्रो साता पनि उत्तरतिर सेता हिमाल देखिएका छन्।एजेन्सी- भारतको उत्तर प्रदेशमा आएको हावाहुरीसहितको वर्षा र चट्याङका कारण १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मैनापुरीमा ६ जना, एटा र कासगंजमा ३–३ जना तथा मुरादाबाद, महोबा, हमीरपुर, फरुखाबाद, जालौन र बदायुंमा १–१ जना रहेको भारतिय मिडियाले जनाएका छन् ।बिहीबार दिनभर प्रचण्ड गर्मी भएको र साँझ ७ बजे एक्कासी मौसम परिवर्तन भई हावाहुरी चलेको बताइएको छ ।हावाहुरीका कारण घरहरु भत्किँदा ५० जना भन्दा बढी घाइते भएको बतायउको छ । कतिपय

ठाउँमा असिना परेको छ। हावाहुरीपछि धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ।रोजा व्रत बस्ने हिन्दु युवतीको यस्तो छ अनुभव काठमाडौं । नेपालगञ्जका
दुई हिन्दु महिला पूजा केसी र लक्ष्मी भट्टराईले पहिलोपटक रमजानमा रोजा बसेका छन् ।गैर मुस्लिम भएपनि रोजा बसेका उनीहरूले व्रतबाट नयाँ अनुभव बटुलेको बताएका छन् ।मुसलमानहरूले एक महिनासम्म निराहार व्रत बस्ने भएपनि केसी र भट्टराईले भने १० दिनको फरकमा तीन दिन मात्र रोजा बसेका हुन् ।रोजा हिन्दु व्रतभन्दा कठोर लागेको र गरिवहरूको पीडा बोध गराएको उनीहरूले बताएका छन् ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ निवासी केसीले हिन्दु संस्कारको व्रतभन्दा रोजा निकै कठोर लागेको बताइन् ।केसीले भनिन् , ‘हिन्दु परम्परा अनुसार निर्जल र जलाधार दुबै व्रत बस्न सकिन्छ तर रोजामा १७ घण्टासम्म खान वा सुत्न पाइदैन् । निरन्तर नमाज पाठ गर्नुपर्छ। यो मेरो नयाँ अनुभव हो।’सुर्खेतमा पनि घर भएकी २३ बर्षीया केसीले नेपालगञ्ज कहिलेकाँही मात्र बस्ने भएपनि आफू इस्लाम धर्मबारे जान्ने उत्सुक्ता जागेर रोजा बसेको बताइन् ।उनले भनिन्, ‘हाम्रो हिन्दु परम्परा अनुसार कहिले श्रीमानको लागि, कहिले सन्तानको लागि त कहिले परिवार सुखशान्तिको लागि व्रत बस्छौँ तर रोजा सबैका लागि र आफ्नो लागि पनि रहेको थाहा पाएँ ।’नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुर निवासी २४ बर्षीया लक्ष्मी भट्टराईले पनि रमजान महिनाभरि तीन दिन रोजा बसिन् ।कट्टर ब्राहमणकी छोरी भएपनि लामो समयदेखि मुस्लिम समुदायको बीचमा बसोबास गरेकाले रोजा बस्न खासै अप्ठेरो नलागेको भट्टराईको भनाइ छ ।-बीबीसी नेपाली

Related Articles

Back to top button