समाचार

काठमाडौं मा फरार तामाङ लाई प्रहरीले गोली

२४ जेठ, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न गोली चलाएको छ ।बौद्धको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको हो ।महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार तामाङको खुट्टामा गोली लागेको छ । ‘हतियार देखाएर लुटपाट गर्ने समूहका ४ जना पक्राउ परेका थिए’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापाले अनलाइनखबरसँग भने, ‘समूहका सदस्य मध्ये फरार रहेका तामाङलाई बौद्धबाट नियन्त्रणमा लिएका हौं ।’प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको थापाले बताए ।बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४, डुमरवानास्थित स्याउली बजारमा ग्यास लिक हुँदा भएको आगलागीबाट एकै परिवारका चारसहित सात जना घाइते भएका छन् । स्थानीय सुकुमाया ब्लोनको घरमा खाना पकाउने एलपी ग्यासको सिलिण्डरबाट ग्यास लिक हुँदा भएको आगलागीमा परेर ७ जना घाइते भएका हुन् । घाइते सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।प्रहरीकाअनुसार आगलागीमा परेर घाइते भएका ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनीता थिङ एकै परिवारका हुन् । त्यसैगरी, स्थानीय ५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया पनि घाइते भएका छन् । घाइतेमध्ये
स्थानीय दीलमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।काठमाडौँ । पछिल्लो समय बोल माया गीतको सिक्वयलको रुपमा सार्वजनिक गरीएको ‘गलबन्दी’ गीतले निकै चर्चा पाएको छ ।हालसम्म यस गीतलाई असि लाख बढिले हेरिसकेका छन् । उक्त गित ट्रेण्डिंग १ मै रहेको छ । पछिल्लो समय

गलबन्दी युट्युबमा निकै चर्चित बनेपछी गायक प्रकाश सपुतको चौतर्फी चर्चा चलेको छ। गीतमा उनको मौलिकतालाई अत्यन्तै मन पराइएको छ ।उनलाई धेरैले मन पराएका छन् । यहि बिचमा उनलाई नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिएका छन् ।आइजिपी खनालले मौलिक गीत पस्केको भन्दै यस्तै गीतको निरन्तरताको लागी शुभकामना समेत दिएका छन् । यस्तै गायक प्रकाश सपुतले पनि ‘म जहाँ पुगेको छु त्यहाँ केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै नभइ लोक संगित र मौलिकताले आफूलाई दरो बनाएको भन्दै फेसबुकमा लेखेका छन् ।सपुतले लेखेका छन् । म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगित र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आवद्द नेपाल भित्र र बिश्व भरि बाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यबाद भन्दै लामो लामो म्यासेज गर्नु भएको छ ।हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनु भएकोमा धन्यबाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । यो एउटा उदाहरण मात्रै । जो यसअघि लोकदोहोरी गीतका नियमित पारखी होइनन् उनीहरुको समेत यता रुचि बढेको छ।यो पर्सनल्ली मेरो र बोलमायार गल्बन्दी टिमको भन्दा पनी समग्र लोक संगित कर्मिका लाग सुखद कुरा हो जस्तो लाग्छ । गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्तत: नेपालीलाई नेपालीपन नै मन पर्ने रैछ भन्ने कुरा गित संगित, चलचित्र, साहित्य सबै तिर पुनर्विचार हुन थालेको छ ।हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है ।यो गीतसँगै प्रकाशको चचाए झनै चुलिएको छ ।

Related Articles

Back to top button