समाचार

कैलाली र कञ्चनपुर पछि धनुषा, सिन्धुली, महोत्तरी, ओखलढुंगा, हावाहुरी र चट्याङ सहितभीषण वर्षा

काठमाण्डौ – शुक्रबार दिउँसोदेखि पूर्वी क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी परिरहेको छ । धनुषा, सिन्धुली, महोत्तरी, ओखलढुंगा, सोलुखुम्बुलगायत पूर्वी क्षेत्रमा हुरीसहित वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार शुक्रबार पूर्वी क्षेत्रमा ठूलो हावाहुरी आउने पूर्वानुमान गरिएको छ । हुरी विस्तारै उत्तर दक्षिणतर्फ पनि बढिरहेको मौसमविद् कडेँलले जानकारी दिनुभयो । यस्तै काठमाण्डौ उपत्यकामा पनि यतिबेला मौसम बद्ली भएको छ ।उपत्यकामा तत्काल हुरी चल्ने सम्भवना नभए पनि असर भने पर्न सक्ने मौसमविद्ले बताएका छन् । हिजो बेलुकी कैलाली र कञ्चनपुरमा प्रतिघण्टा सय किलोमिटरको गतिमा हावा चल्दा २ जनाको ज्यान जानुका साथै १ सयभन्दा धेरै घाइते भएका छन् । सयौँ घरका छानो हावाहुरीले उडाएको छ भने बिजुलीका तार चुडाउँदा बिजुली छैन ।पोहोर परारको तुलनामा यसपालि विनाशकारी हावाहुरी आएको छ । तर यसबारे अध्ययन नहुँदा अहिलेको हुरीबारे यसै भन्न नसकिने मौसमविद्ले बताएका छन् । आवश्यक प्रविधि नहुँदा हावाहुरीको पूर्वानुमान गर्न समस्या भएको मौसमविदले बताएका छन् जुम्ला – जुम्लाको तिला गाउँपालिका–४, कुडारी गाउँका ५२ वर्षीय राजबहादुर सिंह भारतको उत्तराखण्डको तेहरी जिल्लाको चम्बा भन्ने ठाउँमा ८ महिना अघिदेखि मजदुरी गर्दै आउनु भएको थियो ।चम्बा बजारको दिमिल गल्लीमा ज्यालादारीमा काम गर्दै आएका सिंह घर फर्केने क्रममा बाटैमा लुटिनु भएको छ ।जेठ १९ गते दिउँसो ३ बजे तेहरी जिल्लाको ऋषिकेश बसपार्कमा नेपाल आउने क्रममा अपरिचत दुई जना नेपालीसँग उहाँको भेट भयो । परदेशमा नेपाली साथी
भेटिएपछि उहाँलाई समय काट्ने अवसर त मिल्यो । तीनै साथीले बेलुकी ७ बजेतिर चुरोट र कोक खुवाए । उनीहरुले कोक र चुरोट मात्रै खुवाएनन् नेपाली साथीलाई रसायन सुँघाएर बेहोसै बनाए । अनि ८ महिनासम्म हाडछाला घोटेर कमाएको झण्डै एक लाख ५० हजार रुपैयाँ लुटेर राजबहादुरलाई खोलामा

फालिदिए । राजबहादुरका भाइ शुरबहादुर सिंहले घटनाका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘विषादी सुँघाएर दाइलाई लुटेका रहेछन् । अनि मर्यो भनेर खोलामा फालिदिएका रहेछन् ।’ बसपार्कमा चिनजान भएका नेपाली साथीले नै खोलामा मर्यो भनेर फालेको ५२ घण्टापछि राजबहादुर होसमा आउनुभयो । अनि बामे सर्दै बसपार्कसम्म पुग्नुभयो ।जेठ २१ गते होसमा आएपछि बिरामी अवस्थाका सिंहलाई नेपाली चालकले चिया खुवाएर उहाँ काम गर्ने स्थानमा उद्धार गरी पुराएका थिए । यसरी दाजु राजबहादुरले पुनर्जीवन पाउनुभएको टेलिफोनमा भावुक हुदै भाइ शुरबहादुर सिंहले उज्यालोलाई जानकारी दिनुभयो । जेठ १९ गते घर फर्किने भन्दै तेहरी जिल्लाको ऋषिकेशमा गाडी कुरिरहेका अवस्थामा नास्ता खाने भन्दै गएका राजबहादुर सिंहसँगैका साथी नेपाल पुगिसकेपछि उहाँ हराएको थाहा भएको थियो । त्यसपछि दाजु हराएको खबर थाहा पाएर उहाँका ३ भाइ खोजीमा तेहरी पुगे । अहिले राजबहादुर र ३ भाइको भेट भएको छ । उहाँको अनुहारमा निलो घाउ रहेको छ । उहाँको कान च्यातिएको र शरीरभरि निलडाम रहेको अर्का भाइ जितबहादुर सिंहले बताउनुभयो । अहिले त्यहाँको प्रहरीमा रिर्पोट गरिएको छ । स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जितबहादुर सिंहले जानकारी दिनुभयो । खाना खाने क्रममा दुई जना नेपाली भेटिएका थिए । चुरोट र कोकाकोलामा पनि विष हालेका रहेछन्, मलाई थाहा नै भएन’, पीडित राजबहादुर सिंहले रुँदै टेलिफोनमा भन्नुभयो, ‘जेठ १९ गते बेलुकी ७ बजे मलाई खोलामा फालेका रहेछन् । जेठ २१ गते होसमा आएँ ।’ कालिकोटको शुभ गाउँपालिकाका एक जना व्यक्ति पनि ऋषिकेश क्षेत्रबाटै बेपत्ता भएका थिए । ऋषिकेश क्षेत्रमा धेरै नेपाली काम गर्छन् । तर दुःखसुखमा साथ दिने नेपाली धेरै भेटिए पनि केही भने दुःख दिने खालका रहेका छन् । परदेशमा कमाउन गएका नेपालीलाई नेपालीले नै ठग्ने घटना बढ्दै गएको छ ।

Related Articles

Back to top button