समाचार

काठमाडौंका घरबेटी भन्छन्- ‘छ महिनादेखि भाडा नदिँदा खानै समस्या भयो’

काठमाडौं । कोरोना महामारीको कारण डेरावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ । कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले छ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् ।उनको तीनतलेघरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार्यरत भाडामा छन् । ‘लकडाउनअघि भाडा दिन्छौं भन्थे त्यसपछि कोठामा बस्ने गाउँ गए, अहिले न भाडा दिन्छन् न त कोठा खाली नै गर्छन् ।’ काफ्लेले सुनाइन् ।बागबजारमा महिनाको दुई लाख भाडामा कन्सल्टेन्सीचलाउन दिएका महेश थापाको पीडा पनि उस्तै छ उनले पनि
भाडा नपाएको पाँच महिना भयो । भाडामा लिने प्रकाश तिमल्सिनालाई सम्पर्क गर्दा मोबाइल अफ गरेर बसेको थापा बताउँछन् ।कार्यालयको आवश्यक सामान ४\५ लाखको होला, भाडा भने १० लाख पुग्न लागेको घरबेटी थापाको बुझाइ छ यो समाचार आजको राजधानी दैनिकमा छापएको छ काठमाडाैँ, २८ असा र । सरकारले पटकपटक पेट्रोलियम पदार्थमा गरेकाे मूल्यवृद्धिकाे विरोधमा नेविसंघले प्रदर्शन गरेकाे छ अाइतबार बिहान ११ बजेदेखि नेविसंघले बबर महलस्थित नेपाल आयल निगम घेराउ गरेका हुन् ।उनीहरूले भ्रष्ट सरकार राजिनामा दे,भ्रष्ट सरकार मुर्दावाद, मुल्य वृद्दि खारेज गर,सरकारमाबसेर

जनता मार्न पाइँदैन जस्ता नारा लगाएका थिए । आयल निगमभित्रको भ्रष्टाचार छानबिन गर्न समे उनीहरले माग गरेका छन् देशभर सामान्यदेखि पूर्णबदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ रासस२७ असार, काठमाडौंः म्याग्दीमा आएको पहिरोमा परेर १७ जनाको
मृत्यु भएको छ पहिरोमा हराएका १७ जनाको शव भेटिएसँगै उनीहरुको मृत्यु भएको पुष्टि भएको हो । त्यस्तै, प्रहरीका अनुसार हालसम्म १५ जना बेपत्ता रहेका छन् ।केही दिनयता निरन्तर पानी परेकाले म्याग्दीमा पहिरो गएको हो ।पहिरोमा हालसम्म १७ जनाको मृत्यु भएको हो ।प्रहरीका अनुसार पहिरोबाट प्रभावित भएकाहरुलाई स्थानीय स्कुलहरुमा स्थानान्तरण गरिएको छ ।चितवन – नेपालकम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्थानरहेको बताउनुभएको छ भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्नुहुँदै उहाँले तत्कालका लागि अस्थायीसमाधानको काम नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताउनुभयो ।यस क्षेत्रबाट प्रति निधिसभामा निर्वाचित सांसदसमेत रहनुभएका दाहालले प्रधानमन्त्रीसँगको आजको संवादलाई छाडेर आफू निरीक्षणमा आएको बताउनुभयो । पार्टीका अर्काअध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।दाहालले आफू निर्वाचित भएदेखि नै राप्ती र नारा यणीमा तटबन्धसहितको चक्रपथ अघि वढाएको बताउनुभयो विस्तृत परि योजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागिअर्थ मन्त्रालयमा कुरा भईरहेको दाहालले जानकारी दिनुभयो उहाँले सरका र सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाउनुभयो ।पानी परेपछि शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान गर्न शुरु गरेको हो दाहाल लाई यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्ण भुर्तेल रभरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराउनुभएको थियोदाहालले आजै माडी नगरपालिकाको बाढी प्रभावित विभिन्नक्षेत्रको पनि निरीक्षण गर्दै हुनुहुन्छ रासस

PROMOTED CONTENTMgid

Related Articles

Back to top button