समाचार

२ सय ८९ प्रहरी लाई कार्वाही

विराटनगर । प्रहरी संगठन विपरीत काम गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक बर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कार्वाही गरेको छ । संगठनलाई आँच आउने क्रियाकलाप बढेको भन्दै उनीहरुलाई कार्वाही गरिएको प्रदेश प्रहरीले जनाएको छ ।संगठनमा आर्थिक लेनदेन,अनैतिक सम्वन्ध,मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कार्वाही गरेको १ नम्बर प्रहरी कार्यलयका प्रवक्ता डिएपी सिद्धराज न्यौपाने बताउनुभयो । संगठन विपरीत काम गर्ने २ सय ८९ जनालाई कार्वाही भएको उहाँले बताउनुभयो ।आर्थिक प्रलोभनमा परेको ,आर्थिक अनुशान भगं गरेको,आन्तरीक अनुशासन भगं गरेकाले कार्वाही गरेका हो । डिआईजी केदार रिजालका अनुशार संगठनमा गल्ती गर्नेलाई कार्वाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको छ ।संगठन केहि हद सम्म सुध्रदै गएको वताउँदै उहाँले संगठनमा आन्तरीक सुद्धिकरण चलीरहने वताउनुभयो । यो चालु आर्थिक बर्षमा मात्र ४ सय १३ जना राम्रो काम गर्नेलाई सम्मान गरिएको छ ।प्रदेश एकका विभिन्न चौकी ,इलाका ,जिल्ला प्रहरी कार्यलय लगायतका ठाउँमा वस्दा आर्थिक चलखेल गरी घुष लिनुको साथै विभिन्न सामाजिक घट्नामा संलग्न रहेकाहरुलाई आन्तरिक सुद्धिकरण गरीएको डिआईजी रिजालले बताउनुभयो । पूर्वमा १२ हजार ९ सय ७० जना प्रहरीको दरवन्दी रहेको छ ।३ वर्ष देखि श्रीमानले लगातार बलात्कार गरेपछि प्रहरी सम्म पुगिन् श्रीमतीकाठमाडौँ –

धादिङमा एक महिलाले आफ्नो श्रीमान विरुद्ध जबर्जस्तिकरणीको जाहेरी दिएकी छन्। जिल्ला प्रहरी कार्यालयमा धादिङमा एक २५ वर्षीय महिलाले २३ वर्षीय श्रीमान विरुद्ध जबर्जस्तिकरणीको जाहेरी दर्ता गराएकी हुन्।विगत ३ वर्ष देखि श्रीमानले आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध बनाउँदै आएको उनको आरोप छ। पछिल्लो पटक श्रीमानले गत बैशाख १३ गते जबरजस्ती गरेको र टोकेर घाउ समेत बनाएको भन्दै महिलाले प्रहरीमा जाहेरी दिएकी हुन्।जिल्ला प्रहरी कार्यालयमा धादिङका अनुसार पिडित महिलाको बैशाख १९ गते स्वास्थ्य परिक्षण गराइसकिएको छ। श्रीमतीको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाइसकेको छ।आरोपितलाई प्रहरीले गिरफ्तार भने गरिसकेको छैन। प्रहरीले आरोपित श्रीमानको खोजी भैरहेको बताएको छ। आरोपीलाई पक्राउ गरि अनुसन्धान पूरा भएपछि अदालतमा पेश गरिने प्रहरीको भनाइ छ।आरोपी माथि लागेको बैबाहिक बलात्कारको आरोप पुष्टि भएमा ३ देखि ६ महिना कैद हुने ब्यवस्था रहेको छ।प्रकाशित : शनिबार, बैशाख २१, २०७६०५काठमाडौँ, २१ बैशाख । ललितपुरको कुमारिपाटीमा रहेको एनएमबी बैंकमा चोरीको प्रयास भएको छ। राति ३ बजे सोलारको पोलमा चढेर बैंकको सिसा फुटाएर चोर भित्र पसेको थियो।सुरक्षा गार्डले थाहा पाएपछि गार्डलाई नै आक्रमण गरेर चोर फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आक्रमणबाट घाइते भएका गार्ड गोपाल राइको पाटन अस्पतालमा उपचार भइरहेको छ ।चोरको बारेमा पहिचान हुन नसकेको र सिसिटिभीमा देखिएको फुटेजको आधारमा अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।भुवनेश्वर। शक्तिशाली सामूद्रिम

आँधी ‘फानी’ का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छप्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी अरु १६० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्।आँधी र बर्षाले रुख र विजुलीका पोलहरु ढलाएको छ भने थुप्रै भौतिक संरचनाहरुमा पनि क्षति पु–याएको समाचारमा जनाइएको छविषेशगरेर भुवनेश्वर, कत्ताक, पुरी र खोर्धा जिल्लामा आँधी र बर्षाले धेरै असर पारेको उडिसा सरकारले जनाएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गर्नुभएको छ। बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी शनिबार बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो।भारतको पूर्वी तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउने आशङ्कामा त्यस क्षेत्रका करिब आठ लाख मानिसलाई बिहीबार नै सुरक्षित स्थलतर्फ सारिएको थियो। उडिसामा सन् १९९९ मा आएको सामूद्रिक आँधीका कराण करिब १० हजार जनाको मृत्यु भएको थियो। त्यतिखेर करिब १० लाख व्यक्ति आँधी प्रभावित क्षेत्रबाट विस्थापित भएका थिए।त्यस्तै सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २५० जनाको ज्यान लिएको थियो। त्यस्तै छ सय व्यक्ति वेपत्ता भएका थिए।भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले आउने र ठूलो धनजनको क्षति हुने गरेको छ।रासस/एएफपी

Related Articles

Back to top button