समाचार

नवजात शिशुलाई काँसघारीमा फालेर फरार रहेकी आमा पक्राउ

विराटनगर/ मोरङ उर्लाबारी नगरपालीका–६ स्थित नव निर्मित बसपार्क छेऊको मावाखोलाको किनारस्थित काँसघारीमा नवजात शिशु (बालक) बेवारिसे अवस्थामा फेला परेको छ ।नवजात शिशुलाई काँसघारीमा फालेर फरार रहेकी आमालाई ईलाका प्रहरी कार्यालय उर्लावारीले पक्राउ गरेको छ । आफैले जन्म दिएको नवजात शिशूलाई मावाखोला बाँसखारीमा छाडेर भागेकी नवजात शिशुकी ३० बर्षिय आमा माया राईलाई प्रहरीले पक्राउ गरेको हो । राईले गत चैत २ गते उक्ते शिशु जन्म दिएको मोरङ प्रहरीले जनाएको छ । मावाखोलाको किनार काँसघारीमा फालिएको अबस्थामा २०७५ चैत २५ गते शिशु फेला परेको

मोरङ प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी टोलीले उक्त नावालकलाई उद्दार गरी गोदावारी हस्पिटल उर्लाबारीमा उपचारको लागि पठाएको थियो । सो अस्पतालमा उपचार हुन नसकेपछी शिशुलाई थप उपचारको लागि विराटनगरको नोबेल अस्पताल ल्याईएको थियो ।बच्चाको आमा खोजतलास गर्दै जाने क्रममा ईलामको माङसेबुङ गाउँपालिका ६ स्थायी घर भई उर्लाबारी नगरपालिका ६ पानीटंकीमा बस्दै आएकी राईलाई उर्लावारी ५ हाटखोलाको शुक्रबारे बजारबाट पक्राउ गरिएको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।पक्राउ परेकी आमा माया राईलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी अनुसन्धान भईरहेको मोरङ प्रहरीका डिएसपी श्रेष्ठले बताए । पक्राउ परेकी राईको २०७५ असारमा काठमाण्डौमा भेट भएका एक ब्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button