समाचार

मोटरसाइकल दुर्घटना हुँदा:सचिवको मृत्यु

काठमाडौं : बिहीबार दिउँसो काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार सिनामंगलबाट तीनकुनेतर्फ आउँदै गरेको बा ३५ प ६४३० नम्बरको बाइकमा सवार ४५ वर्षीया रामविलास मेहताको मृत्यु भएको हो । तीनकुने तर्फबाट सिनामंगलतर्फ गइरहेको बा ६० प १७८८ नम्बरको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका सप्तरी छिन्नम
स्ता गाउँपालिका–५ का मेहताको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो । मेहता सप्तरीकी समानुपातिक सांसद रानी मण्डलका स्वकीय सचिव हुन् । मण्डल जनता समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य हुन् ।उनलाई ठक्कर दिने बाइकका चालक भने सामान्य उपचारपछि डिस्चार्ज भएका मेलम्ची (सिन्धुपाल्चोक) मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउँदा सुरुङ फुटेर एक इन्जिनियरसहित दुई जनाले ज्यान गुमाएका छन्। खानेपा
नी तथा सरसफाई मन्त्री बिना मगरलाई मेलम्चीको पानी काठमाडौं पुर्‍याएको जश लिने लहड र आयोजनालाई गुणस्तरभन्दा पनि छिटो सक्ने चटारोले आयो जनाको सुरुङमा गम्भीर दुर्घटना भएको प्राविधिक बताउँछन्।अस्थायी बाँध बनाएर वर्षातको समयमा सुरुङ परीक्षण गर्दा पानीको बहाव बढी भएसुरुङसिफे ज’भएको उनीहरुको भनाइ छ। आयोजनाले सुरुङ के कारणले फुटेको भनी आधिकारिक कारण नदिए पनिहतारमा भएको गुणस्तरहीन काम नै प्रमुख

कारण भएको आयोजनामा काम गरिसकेका एक प्राविधिकले बताए।नाम उल्लेख नगर्ने शर्तमा ती प्राविधिकले बताएअनुसार मन्त्रीको चटारो र आयोजनासम्वद्ध अधिकारीको कमिसनको खेलले सुरुङको काम गुणस्तरीय नहुँदा आयोजनाले गम्भीर घाटा व्यहोर्नु परेको छ। उनका अनुसार जम्मा चार किलोमिटरको प्रेसर थेग्न नसकेको गेटमा पूरै २६ किलोमिटर पानी पठाएको भए अझ दुर्घटना भयाबह हुने थियोचार किलोमिटरमा पठाएको पानी फर्किंदा भएको दुर्घटना हेर्दा पूरै परीक्षण गर्ने क्रममा दुर्घटना भएको भए अवस्था अझ गम्भीर हुन्थ्यो’, उनले भने, ‘सुन्दरीजलबाट पानी फर्कंदा आयोजनाको मुहान तलका धेरै बस्ती जोखिम मा पर्थे।’ उनका अनुसार थोरै क्षेत्रमा नै दुर्घटना भएकाले धेरै जनधनको क्षति हुने अवस्थाबाट भने जोगिएको छ। ‘मेलम्चीपछि कार्यान्वयनमा आउने दोस्रो र तेस्रो चरणको याङ्ग्री र लार्केको समेत गरी दैनिक ५१ करोड लिटर पानी लान निर्माण गरेको सुरुङ पहिलो चरणको १७ करोड लिटरको परीक्षणमै पड्कि यो’, ती प्राविधिकले व्यंग्य गरे, ‘तपाईं आफैं भन्नुस् मेलम्ची आयोजनाको काम कति गुणस्तरीय भएको रहेछ।आयोजनाको लापरबाहीका कारण दुई दशकप छि मेलम्चीको पानी खान पाउने काठमाडौंबासीको उत्साह मात्र सेलाएको छैन बाँकी २१ किलोमिटर सुरुङको अवस्थामा समेत गम्भीर शंका उत्पन्न गराएको छ। मेलम्ची आयोजनालाई नजिकबाट नियालिरहेका एक प्राविधिकका अनुसार मन्त्री मगरको हतारमा काम सकेर आयोजना सम्पन्न गराएको जश खाने लालशा

नै निर्मित संरचना कमजोर हुनुको मुख्य कारण हो। पछिल्लो समय सुरुङको काम सम्पन्न गर्ने ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो यसको मुख्य जिम्मेवार हो। इटालियन कम्पनीले ठेक्का रद्द गरेपछि मन्त्री परिषदबाट हतारमा अस्थायी बाँध बनाउने ठेक्का दिने निर्णय गराएर मन्त्री मगरसमेतको संलग्न
ता मा कमिसनको खेल भएको र त्यसले पनि निर्माण कार्यको गुणस्तरमा अनुगमन हुन नसकेको उनी बताउँ छन्। सिनो हाइड्रोलाई ठेक्का दिने क्रममासमेत आर्थिक चलखेल भएको चर्चा चलेको थियो। निर्धारित समयभन्दा छिटो काम सके प्रोत्साहन स्वरुप बोनस् दिने निर्णयले पनि निर्माण कम्पनीले गुणस्तरमा भन्दा काम सक्न हतार गरेकाले सुरुङको संरचना मजबुत हुन नसकेको प्राविधिकको ठम्याइ छ।दुर्घटनापछि मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिव रमाकान्त दवा डीको नेतृत्वमा छानबिनको लागि प्राविधिक समिति खटाएको छ। प्राविधिक त्रुटीले कमजोर बनाएको सुरुङको संरचना परीक्षणका लागि स्वतन्त्र निकायलाई जिम्मा दिनुपर्नेमा मन्त्रालयकै कर्मचारीलाई पठाएर कमजोरी ढाकछोप गर्न लागेको एकपक्षले आरोप लगाएका छन्। ‘मन्त्री मगरले आफ्नो र आयोजनाको कमजोरी ढाकछोप गर्न मन्त्रालयकै टोली छानबिन गर्न पठाएकी छन्’, आयोजना निकट स्रोत भन्छ,

Related Articles

Back to top button