समाचार

काठमाडौँ उपत्यकामा सवारी दुर्घटना २२२ जनाको मृत्यु

काठमाडौँ- काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाका कारण २२२ जनाको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको हालसम्ममा २२२ जनाको मृत्यु भएको हो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २११ र जेठ महीनामा मात्र ११ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । मृत्यु हुनेमा १७७ पुरुष र ४५ महिला रहेका छन् ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गति र चालकको लापरवाहीका सवारी दुर्घटनामा धेरै मानिसको ज्यान जाने गरको बताउनुभयो । “फराकिलो बाटो र तीव्र गतिका कारण धेरै मानिसको सवारी दुर्घटनामा ज्यान गएको छ,”–उहाँले भन्नुभयो । सवारी दुर्घटनामा ज्यान गएकामध्ये अधिकांश मोटरसाइकलमा सवार रहेको महाशाखाले जनाएको छ । चालू आर्थिक वर्षमा मोटरसाइकल तथा स्कुटर ९९, पैदलयात्रु ७१, कार १६, ट्रक १६, बस आठ, साइकल चार र एउटा माइक्रो दुर्घटनामा परेका छन् । उपत्यकामा आर्थिक वर्ष २०७४/७५ मा १९४ र आर्थिक वर्ष २०७३/७४ मा १८२ जनाको सवारी दुर्घटनामा परी ज्यान गुमेको थियो । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौँ उपत्यकामा मात्र ९ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । काठमाडौं । काठमाडौंको कोटेश्वरमा खुकुरी प्रहार भएको छ । कोटेश्वरस्थित एसओएस मोड नजिक ४ जनाको समूहले काठमाडौं वौद्ध बस्ने दोलखा घर भएका २१ वर्षीय निमा शेर्पालाई खुकुरी प्रहार गरिएको हो ।शेर्पामाथि खुकुरी प्रहार गरेको आरोपमा काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने सर्लाही नवलपुर घर भएका २४ वर्षीय विशाल मगरलाई प्रहरीले पक्राउ गरेको छ ।घटना भएको सूचना प्राप्त गर्नेसाथै महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शेर्पालाई कुटपिट तथा धारिलो हतियार
खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।घाइते निमा शेर्पालाई उपचारको लागि सिभिल अस्पताल मिनभवन लगिएको छ । घटनामा संलग्न अन्य फरार

व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । तपाईको प्रतिक्रिया२४ जेठ, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न गोली चलाएको छ ।बौद्धको अत्तरखेलमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरिएको हो ।महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार तामाङको खुट्टामा गोली लागेको छ । ‘हतियार देखाएर लुटपाट गर्ने समूहका ४ जना पक्राउ परेका थिए’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापाले अनलाइनखबरसँग भने, समूहका सदस्य मध्ये फरार रहेका तामाङलाई बौद्धबाट नियन्त्रणमा लिएका हौं ।’प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको थापाले बताए ।बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४, डुमरवानास्थित स्याउली बजारमा ग्यास लिक हुँदा भएको आगलागीबाट एकै परिवारका चारसहित सात जना घाइते भएका छन् । स्थानीय सुकुमाया ब्लोनको घरमा खाना पकाउने एलपी ग्यासको सिलिण्डरबाट ग्यास लिक हुँदा भएको आगलागीमा परेर ७ जना घाइते भएका हुन् । घाइते सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।प्रहरीकाअनुसार आगलागीमा परेर घाइते भएका ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनीता थिङ एकै परिवारका हुन् । त्यसैगरी, स्थानीय ५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया पनि घाइते भएका छन् । घाइतेमध्ये
स्थानीय दीलमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ

Related Articles

Back to top button