समाचार

लामोदुरीका सार्वजनिक सवारीसाधन सञ्चालन लकडाउन हट्यो

काठमाडौँ –यात्रु र मजदूरका लागि आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गर्दै बिहीबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेका छन् । सरकारले लागू गरेको बन्दाबन्दी बुधबार सम्मका लागि भएकाले बिहीबारदेखि सवारीसाधन सञ्चालन गरिँदैछ ।स्वास्थ्य सुरक्षाको आवश्यक मापदण्ड पूरा गरी सवारीसाधन सञ्चालन गर्न लागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीन मजदूर सङ्गठनले आज पत्रकार सम्मेल नमार्फत जानकारी गराएका हुन् । सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको झण्डै दुई सातापछि यातायात व्यवसायीले सवारीसाधन सञ्चालन गर्न लागेका हुन् । व्यवसायी र मजदूर सङ्गठनका अध्यक्ष सहभागी कार्यदलले छोटो, मध्यम, स्थानीय र लामो गरी सबै रुटमा सवारीसाधन सञ्चालन गर्नेजना एको छ ।यातायात श्रमिकहरुको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउने सहम ति भएको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो । यातायात श्रमिकको कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध
गराउनका लागि सरकारका तर्फबाट कोष स्थापना गराउने सहमति भएको छ ।त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानिटाजर, पिपिई व्यवसायीले नै

उपलब्ध गराउने सहमति भएको छ । सरकारले सार्वजनिक यातायातमा पनि जोर बिजोर प्रणाली लागू गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कोभिड–१९ लाई मध्यनजर गर्दै तोकिएको भाडादरमा साना, मझैला र ठूला सवारीसाधन सञ्चालन गर्न हामी सबैलाई अनुरोध गर्दछौँ ।”विभागका महानिर्देशक, ट्राफि क प्रहरी, स्थानीय तहका प्रतिनिधि सम्मिलित बैठक बसेर आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गरी सवारीसाधन सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । सरकारले आवश्यक तयारी पूरा नहुँदै सवारीसाधन सञ्चालनको निर्णय गरेकाले तत्काल सञ्चालन गर्न नसकिएको अध्यक्ष कर्माचार्यले बताउनुभयो । सरकारले निजी सवारीसाधन सञ्चालन गरेपछि नै सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्छ भन्दै कार्यदलले विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्राल यलगायत सरो कार राख्ने निकायलाई घच्घचाइरहेको थियो ।आवश्यक छलफल र बैठक भइरहेको भए पनि तयारी पूरा नभएको उहाँको भनाइ छ उहाँले भन्नुभयो, सरका रले निर्णय गर्दासम्म पनि सवारीसाधन सञ्चालन विधि, श्रमिकको स्वास्थ्य र सुरक्षाका विषयमा टुङ्गिएको थिएन ।”नेपाल राष्ट्र बैङ्कले जारी गरेको मौद्रिक नीति मा यातायात व्यवसायीलाई समेत सम्बोधन गरेको अध्यक्ष कर्माचार्यले बताउनुभयो । नीतिमा किस्ता र ब्याजमा सहुलियत र पुनः कर्जाका विषय समेटिएको

छ । यसको कार्यान्वयनका लागि व्यवसायी र स्वरोजगारमैत्री कार्यविधि आउनेसमेत उहाँले विश्वास व्यक्तगर्नुभयो । व्यवसायीले सरकारसँग सवारीसाधन सञ्चाल न पहिले यात्रु र चालक, सहचालकको सुरक्षाको प्रत्याभूति चाहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “त्यसका लागि हामी चालक, सहचालकलाई सुरक्षा सामग्री उपलब्ध गराउँछौँ र यात्रुले पनि माक्स लगाएर दूरी कायम गरेर बस्नुपर्छ ।”नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले याता यात क्षेत्र ठप्प भएको अवधिमा धेरै मजदूरलाई गाँसबासकै समस्या भएको बताउनुभयो । स्थानीय तहले वडाव डामा र्फत राहत बाँडे पनि यातायातका मजदू रले त्यो नपाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उहाँहरुको राहत मतदाता लक्षित हुने तर हाम्रा साथीहरु को अस्थायी बसोबास भएकाले राहत पाउनु भएन ।”नेपाल यातायत मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले मजदूर र व्यवसायी सङ्गठन सवारीसाधन सञ्चाल न गर्ने वातावरण बनाउन भन्दै प्रधानमन्त्री, पार्टीका शीर्षनेता, कर्मचारी लगायतसँग भेटघाट गरेको बताउनुभयो । सरकारले यातायात क्षेत्रका समस्या समाधान गरेर सञ्चालनको वातावरण बनाएको उहाँको भनाइ छ ।सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो । सार्वजनिक सवारीसाधन चैत १० देखि नै ठप्प छन् । सरकारले गत असार १ देखि निजी सवारीसाधन सञ्चालन गर्ने र असार २६ देखि सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो ।

Related Articles

Back to top button