समाचार

चितवन र काठमाण्डौको सम्पर्क टुट्योl

काठमाडौं, ०७ साउन । अविरल वर्षापछि मौसम सामान्य बनेपनि नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ। केही दिनअघिबाटै निरन्तर वर्षाले बाटो अवरोध गरेपछि सडक एकतर्फी खुलाइएको थियो । तर गएराति पुन: भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा ठूलो चट्टानसहितको पहिरो झरेपछि नारायणगढ–मुग्लिन अवरोध भएको छ ।

चारकिलोको पहिरो पन्छ्याएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ईन्जिनीयर कृष्णराज अधिकारीले बताउनुभयो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ। राति करिब ९ बजे पहिरो खसेको हो। चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४:३० बजे एकतर्फी खुलाइएको उहाँले बताउनुभयो ।पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किनुभएको थियो । उहाँहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्किएका फर्किनुभएको थियो ।सडकमा ठूलो चट्टान खसेकाले पहिरो पन्छ्याएर बाटो खुलाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ ।

Related Articles

Back to top button