समाचार

मदिरा सेवन गरेर श्रीमतीको कुटीकुटी हुत्या,

बुटवल–अर्घाखाँचीको सीतगंगा नगरपालिकामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ भिरमा घाँस काट्ने क्रममा रुखबाट खसेर शितगंगा–११ सिद्धाराद फोर्सल बस्ने २६ वर्षीया पुष्पा आलेको मृत्युु भएको प्रहरीले जनाएको छ ।घरनजिकै भिरमा रहेको खन्युको रूखमा चढेर घाँस काट्ने क्रममा टेकेको हाँगो भाच्चिएर एक्कासी भिरबाट ६० मिटर तल खसी घाइते भएकी आलेको उपचारका लागि बुटवलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।मृतकको श्रीमानसँगै डेढ वर्षका छोरा रहेका छन्। यसैगरी श्रीमानको कुटपिटबाट सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ३४ वर्षीया बसन्ता खत्री रहेको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।यहि जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए । लगत्तै उनको मृत्यु भएको थियो । अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छनयसैगरी सितगंगाको सिद्धारा खयरभट्टीको जङ्गलमा एक वेवारिसे पुरूषको शव फेला परेको छ । इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई स्थानीयले फूलमालाले स्वागत गरेका छन् । काठमाडौंबाट इटहरी

पुगेका मेयर चौधरीलाई शुक्रबार विराटनगर विमानस्थलमा स्थानीयले फूलमालाले स्वागत गरेका हुन् ।केही दिनअगाडि पत्रकारको नाकको डाँडी भाच्ने धम्की दिएपछि मेयर चौधरी आलाेचित भएका थिए । यही बेला स्थानीयले भने ‘भष्ट्राचारकाे विराेध गराैं, जताभावी कलम चलाउन पाइँदैन, भष्ट्र कर्मचारी चाहिँदैन’ भन्दै नाराबाजी गरेका हुन् ।मेयर चौधरीले पत्रकार इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै धम्क्याएका थिए । फेसबुक पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले, ‘तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु । एउटा घडेरी छुट्याको छु । तेरो नाकको हड्डी भाँचे मात्रै मलाई सन्तोष हुन्छ’ भन्दै धम्काएका थिए । त्यसयता उनकाे चर्काे विराेध भइरहेकाे छ भने केहीले राम्राे कदम भन्दै सपाेर्ट पनि गरिरहेका छन् ।मेयर चौधरीले आत्मालोचना गर्नुपर्ने नेकपा नेताहरूले बताएका छन् भने संसदमा पनि मेयर चाैधरीबारे प्रश्न उठेकाे थियाे । संसदमा करोडौं खर्च गरेर सिध्याउँछु भन्नु लोकतान्त्रिक विधिभित्र नपर्ने भन्दै यसले यो विधि नै समाप्त भएको इंगित गर्ने भएकाेले मेयर चाैधरीलाइ कारबाही हुनुपर्ने सांसदहरुकाे अाशय थियाे । पत्रकारलाई कुटपिट गर्ने धम्की दिनेलाई फौजदारी अपराध अन्तरगत तत्काल कानूनको दयाराम ल्याउन उनीहरुले माग गरेका थिए ।

Related Articles

Back to top button