समाचार

एउटै परिवारका ५ जनामा कोरोना भाइरस

काठमाडौं । वीरगन्ज घर भईर हाल काठमाडौंको महाबौद्ध बस्दै आएका एउटै परिवारका ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । गत बिहीबार छोरो र छोरीमा कोरोना संक्रमण देखिएको थियो । सोही परिवारको अन्य तीन सदस्यमा पनि कोरोना परीक्षण गर्दा आमा,बुबा र नातिनीमा समेत कोरोना संक्रमण देखिएको पाइएको हो ।भारतको सीतामणिबाट नातिनी र छोरी करिब १५ दिनअघि काठमाडौको महाबौंद आएको स्थानिय बताउँछन् । अन्य तीन सदस्य काठमाडौं बाहिर नगएका र महाबौंद गणेशमन्दिर जाने बाटोमा खाजा तथा मिठाइ पसल सञ्चालन गदै आएको समेत खुलेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले एउटै परिवारका ५ जना कोरोना संक्रमित उपचाररत रहेको जानकारी दिए । उनका अनुसार दिदी र भाइलाई गत विहिबार नै कोरोना पुष्टि भएर भर्ना भएका थिए भने आमा,बुबा र (विहिबार भर्ना भएकी छोरीको छोरी) नातिनी आज कोरोना पुष्टि भएर भर्ना भएका जानकारी दिए । स्थानियहरुले त्यो पसल वरिपरीका १ सय जनाको नमुना संकलन गर्न मा’ग गरेका छन् तर हालसम्म क’न्ट्याक टे’«सिङ टि’म पनि आएको छैन् भने कसैको पनि नमुना संकलन नगरेको स्था’नियहरु बताउँछन् ।

Related Articles

Back to top button