समाचार

ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

चितवन, १३ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन ।पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ख ४१५५ नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना४७प ६१८९ नंको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकलाई नियन्त्रणमा लिइएको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।कालिकाेट, १३ साउन ।लगातारको वर्षाका कारण कालि कोटकाे रास्काेट नगरपालिका- १ वड्डालामा पहिराे जाँदा जयबहादुर शाहीसहित ५ जना बेपत्ता भएका छन् शान्नी त्रिवेणी गाउँपालिका- ७ मा टेकबहादुर टम टाकाे घर पहिराेले पुरिँदा पानी परेपछि ओत लाग्न बसेकी वर्ष १४ की बेलपुरा शाहीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी

यक्षराज जाेशीले बताउनुभयाे ।पहिराेकै कारण रास्काेट नगरपालिका- १ की १८ वर्षिया यशाेदा टमटा र ८० वर्षिया मयसरा टमटा घाइते भएका छन् ।साथै पहिराेले कर्णाली करिडोर अन्तरगत पर्ने फुगाड बेलीब्रिज पुल समेत बगाएको छ । बेपत्ता ब्यक्तिकाे खाेजी कार्य भइरहेको डिएसपी श्यामबाबु ओलियाले बता उनुभयाे । पानी पर्न नराेकिएकाले खाेज तथा उद्धारमा कठिनाइ भएको उहाँकाे भनाइ छ ।पाल्पा,१३ साउन । माटो सहित पहिरोको भलले बगाउँदा एक युव कको मृत्यु भएको छ ।सोमवार राती देखी पानी परिरहेको र मंगलवार विहान १ः०० बजेको समयमा खेतमा पानीको भल काट्नजाने क्रममा रम्भा गाउ पालि का वडा नं.१ असर्दी बस्ने बर्ष ३० को दिनेश अर्याललाई ढुङ्गा माटो सहित पहिरोको भलले बगाएको हो ।बलले बगाएका उनलाई करिब १० मिटर तल मृत अवस्थामा फेला परेको र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको ।

Related Articles

Back to top button