समाचार

कीर्तिपुरको जंगलमा मृत अवस्थामा भेटिए एमबीबीएस विद्यार्थी

काठमाडौँ । काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव भेटिएको छ । काठमाडौं कोटेश्वरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि वेपत्ता भएका थिए । शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपनि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो । खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘शव भेटिएको खबर पाएका छौं । आफैँ घटनास्थलतिर जाँदैछु ।’अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजुसँग घर किनेर यतै बस्दै आएको बताइएको छ । केही समयअघि शिशिरले दुर्घटनामा बाबुआमा समेत गुमाएका थिए । डिप्रेसनको बिरामी रहेका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ । काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिकाका सब–इन्जिनियर बद्री भण्डारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । भण्डारीलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले ३५ हजार घुस

रकमसहित नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ । भण्डारी बालाजुस्थित गराँस रेस्टुरेन्टबाट घुस रकम लिँदालिँदै पक्राउ परेका हुन् ।काठमाडौं– शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राजधानीका विभिन्न २१ परीक्षा केन्द्रबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुले अर्कैको नाममा परीक्षा दिएको फेला परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । यसबाहेक परीक्षा शान्तिपूर्ण रुपमा शनिबारको परीक्षा सम्पन्न भएको बोगटीले जानकारी दिए ।परीक्षा आइतबार पनि हुनेछ ।परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ ।दशौं कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो । अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए ।परीक्षा बिहान १० देखि १०ः५० सम्म र दिउँसो १ः३० देखि २ः२० बजेसम्म सञ्चालन भएको जनाइएको छ ।

Related Articles

Back to top button