समाचार

विद्युत कार्यालयमा बम विस्फोट

अछाम । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट भएको छ । शुक्रबार राती आयोजनास्थल भन्दा ४ किलोमिटर पश्चिमतिर रहेको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीको अनुसार तुर्माखाँद गाउँपालिका–३ असराघाटमा रहेको आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट गराइएको हो स्थानीय दिपक विसीको घरमा एक कोठा भाडामा लिएर आयोजनाले सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको थियो । डीएसपी शाहीले भने, ‘विस्फोटबाट विसीको घरमा सामान्य क्षति पुगेको छ भने एउटा मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।’विस्फोटबाट भे७प ९६९८ नम्बरको पल्सर मोटरसाइकल पूर्णरुपमा क्षति भएको हो । यतिबेला घटनास्थल वरीपरी शान्ति सुरक्षामा कडाई गरिएको छ । प्रहरीका अनुसार घटना कसले किन गरायो पुष्टि हुन नसकेपनि सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने आशंका गरेको छ ।बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ।हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। भारतको पिथौरागढ जिल्लाको बृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ। जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ।चन्द भारतमा मजदूरी गर्दै आएका थिए। हत्याको आरोपमा पक्राउ परेका नीरज कुमार जीपका सहचालक रहेको बुझिएको छ। मादक पदार्थ सेवन

गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए। टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जंगलमा लगेर गाडेको निजले प्रहरीको बयानमा बताएका थिए।मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।शव ढिला गरी फेला परेकाले सडेको अवस्थामा रहेको छ।घटनास्थल नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दूरीमा पर्दछ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६, ०१:१५:००काठमाडौँ । काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव भेटिएको छ । काठमाडौं कोटेश्वरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि वेपत्ता भएका थिए । शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपनि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो । खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, ‘शव भेटिएको खबर पाएका छौं । आफैँ घटनास्थलतिर जाँदैछु ।’अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजुसँग घर किनेर यतै बस्दै आएको बताइएको छ । केही समयअघि शिशिरले दुर्घटनामा बाबुआमा समेत

गुमाएका थिए । डिप्रेसनको बिरामी रहेका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ । काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिकाका सब–इन्जिनियर बद्री भण्डारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । भण्डारीलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले ३५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ । भण्डारी बालाजुस्थित गराँस रेस्टुरेन्टबाट घुस रकम लिँदालिँदै पक्राउ परेका हुन् ।काठमाडौं– शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राजधानीका विभिन्न २१ परीक्षा केन्द्रबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुले अर्कैको नाममा परीक्षा दिएको फेला परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । यसबाहेक परीक्षा शान्तिपूर्ण रुपमा शनिबारको परीक्षा सम्पन्न भएको बोगटीले जानकारी दिए ।परीक्षा आइतबार पनि हुनेछ ।परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ गरी ३२ वटा परीक्षा केन्द्र तोकिएको छ ।दशौं कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष कोरिया भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा धेरैले बढेको हो । अघिल्लो वर्ष ८२ हजार ३ सय ३५ जनाले परीक्षा दिएका थिए ।परीक्षा बिहान १० देखि १०ः५० सम्म र दिउँसो १ः३० देखि २ः२० बजेसम्म सञ्चालन भएको जनाइएको छ ।

Related Articles

Back to top button