समाचार

एकैदिन सिइओ सहित जनाको मृत्यु

Loading...

बिहीबार एकैदिन वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।६५ वर्षीय जगदम्बाका सिइओ भारतीय नागरिक हुन्।उन लाई लामो समयदेखि मुटुको समस्या रहेको डा. सिंहले बताए।उनी गत साउन ७ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।’उहाँलाई बिहानै
देखि अक्सिजन कमी भएपछि भेन्टिलेटरमा राखेका थियौं। तर उहाँको राति ११ बजेतिर मृत्यु भयो,’ उनले भने।बाँकी दुई जना मृतक पनि वीरगन्जकै हुन्।
जसमा ३५ वर्षीय युवक र ७५ वर्षीय वृद्ध रहेका छन्। युवक गत बुधबार अस्पताल भर्ना भएका थिए।उनमा केही दिनदेखि ज्वरोको समस्या देखिएको थियो।

उनको पनि गण्डक अस्पतालमै उपचारकोक्रममा मृत्यु भएको हो।अर्का ७५ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको र पछि स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको डा. सिंहले जनाए।काठमाडाैं : देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ।गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ। साथै आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध लगाइएको बताइएको छ।

Loading...

Related Articles

Back to top button
Close
Close