समाचार

काठमाडौं उपत्यकामा फेरि लकडाउन

Loading...

काठमाडौं। काठमाडौं उपत्यका लगायत केही मुख्य शहरमा पछिल्लो समय कोरोना सं,क्र,मितको संख्या थपिन थालेका छन्। कलडाउन अन्त्य गरेसंगै फेरी कोरोना संक्रमित थपिए पछि लकडाउनक अन्त्य गर्ने निर्णयका बारेमा पुनर्विचार गर्ने विषयमा पनि छलफल हुन थालेको छ। कोरोना भाइरसको ‘इपिसेन्टर’ बन्ने खतरा बढेपछि काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने कि भन्नेबारे छलफल सुरु भएको हो।पछिल्लो समय उपत्यकामा दैनिक ५० जना भन्दा माथिको संख्यामा संक्रमित बढ्न थालेका छन् । घना बस्ती भएको उपत्यकामा दिनहुँ थपिएको सं,क्रमितको संख्याले चिन्ता बढाएको छ । सरकारले गत ११ चैतदेखि घोषणा गरेको लकडाउन ६ साउनको राति १२ बजेबाट अन्त्य भएको थियो। हाल बजार, छोटो दूरीका सार्वजनिक यातायात, उद्योग, कलकारखाना र सकारी

कार्यालय खुलेका छन्। लकडाउन खुलेसँगै मानिसहरुमा सचेतनाको पक्ष कमजोर देखिँदा कोरोनाको जोखिम उच्च भएको छ।सुमदायमा कोरोना संक्रमण फैलि
एको निष्कर्ष निकाल्दै विराटनगर महानगरपालिकाले आज राति १२ बजेदेखि १४ दिनसम्म कडा लकडाउन गर्ने भएको छ ।संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन गर्न लागिएको विराटनर महानगरका मेयर भीम पराजुलीले न्यूज २४ लाई जानकारी दिनुभयो ।हिजो बिहीबार मोरङमा एक कोरोना संक्रमित को मृत्यु भएपछि महागनगरपालिका भित्र झनै भय बढेको थियो । खुला सीमाका कारण पनि भारतबाट निर्वाध संक्रमित प्रवेश गर्न थालेपछि विराटनगर महा नग रसंग अन्य विकल्प नरहेको पनि मेयर पराजुलीले बताउनु भयो ।विराटनगर महानगरपालिका भित्र हालसम्म १ सय ७ जना संक्रमित फेला परेका छन् । न्यूज् २४ बाट ।

Loading...

Related Articles

Back to top button
Close
Close