समाचार

ज्ञानेन्द्र शाहीले खुलाए क-कसले दिय चरम यातना

जेठ २५ – पत्रकारलाई गालीगलौज गरेको अभियोगमा प्रक्राउ परेका भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही हिजो सर्बाेच्चको आदेशपछि रिहा भईसकेका छन् । भ्रष्टाचार विरोधी अभियन्ता भएकै कारण पनि उनका समर्थकहरु धेरै छन् । उनको प्रक्राउमा भन्दा पनि समर्थकहरुले ज्ञानेन्द्रमाथि भएको चरम यातनालाई लिएर निकै बिरोध गरे प्रर्दशन गरे । प्रक्राउ परेसंगै प्रहरी हिरासतमा रहेका शाहीलाई प्रहरीले चरम यातना दिएपछि अस्पताल नै भर्ना गर्नु प¥यो । उनको शरिर भरी निला डाम थिए भने खुट्टा पनि भाच्चिएको थियो । ज्ञानेन्द्र शाहीलाई चरम यातना दिएपछि प्रहरी संगठनको चर्काे बिरोध पनि भयो । तर प्रहरीले भने ज्ञानेन्द्र शाहीलाई कुनै यातना नदिएको बतायो कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर शाहीलाई हिरासतमा नै नराखिएको दाबी गर्दै यातना दिएको भन्ने खबरको खण्डन ग¥यो जबकी उनको अवस्थाका बारेमा आम सर्वसाधारण जनता जगजाहिर भईसकेका थिए । रिहा भएसंगै शाहीले आफुलाई
प्रहरी हिरासतमा चरम यातना दिएको बताए । उनले बर्दीवाला प्रहरीले घिर्सार्दै लछार्दै कुट्दै लगेर हिरासत भित्र चरम यातना दिएको बताए । शाहीले

आफुलाई यातना दिने प्रहरीहरुको नाम समेत खुलाएका छन् ।उनले डिएसपी प्रदिप क्षेत्रीले लात्तीले हानेर खुट्टा भाचिदिएको बताए ।यसैगरी प्रहरी निरीक्षक निरञ्जन घिमिरेले पिठ्युमा निल डाम हुने गरी कुटेको र सई भक्ती खनालले टाउको चोट लाग्ने गरी कुटेको बताए । उनले भने “मलाई हतकडी लगाएर हिरासतमा कुटियो । मैले नेपाल आमाको के गल्ती गरेको रैछु र मलाई पछाडी हात फर्काई हतकडी लगाएर सार्वजनिक यातायातको पछाडीको सिटमा १९ घण्टा नाङगो खुट्टा कलंकीमा झारेर एउटा अपराधी र चोरलाई गरे जस्तै टेकुको परिसरमा बुझाए । त्यसको नेतृत्व सई टेकपालले गर्नुभएको छ” । प्रहरीको चरम यातनाबिरुद्ध आफु लाग्ने उनको भनाई छ । गत बैशाख १८ गते शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा कोही नआएको भन्दै उनले फेसबुकमाफर्त सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गरेका थिए । शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए।

Related Articles

Back to top button