समाचार

मोटरसाईकल ठोक्किदाँ दुई जनाको मृत्यु

Loading...

सर्लाहीमा दुई मोटरसाईकल ठोक्किदाँ दुई जनाको मृत्यु भएको छ।शनिबार राति ७ बजे लालबन्दी नगरपालिका-१७ घिमिरे चोक स्थित पुर्व पश्चिम लोकमार्गमा दुई मोटरसाईकल ठोक्किएका थिए।पूर्वतर्फ जादैँ गरेको प्र.नं.२-०३-००३ प ६६८९ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आईरहेको ज.१म.२३३ नम्ब रको मोटरसाइकल आपसमा जुधेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छदुर्घटनामा सोही ठाँउका ५० वर्षीय ब्रमदेव चौधरी र ईशनाथ नगरपालिका-७

बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको हो।चौधरीलाई लालबन्दी स्थित गढिमाई अस्पताल पुर्‍याउदाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।त्यस्तै टाउको र दाहिने खुट्टामा चोट लागेका साहको उपचारका लागि लालबन्दी स्थित मोडल अस्पताल लगिएको थियो।थप उपचारको लागि महेन्द्रनगर लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको हो।उनको पछाडि बसेका श्याम साहको टाउकोमा चोट लागेको छ। डिएसपी मदन कुँवरका अनुसार महेन्द्रनगरको हेल्थ केयरमा उनको उपचार भईरहेको छ।प्रकाशित मिति: आईतबार, साउन १८, २०७७,

Loading...

Related Articles

Back to top button
Close
Close