समाचार

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा पनि कोरोना

Loading...

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा पनि कोरोना प्रवेश गरेको छ । त्यहाँ कार्यरत एक पुरुष कर्मचारीमा कोरोना पुष्टि भएपछि उनीसंगको सम्पर्कमा रहेका सबैको परिक्षण थालिएको छ।

सभामुख निवासमा करिब ३० जना रहने गरेका छन् । सबैको स्वाब संकलन गरेर परिक्षणका लागि टेकु पठाइएको छ । ति पुरुषलाई शुक्रवार कोरोना पुष्टि भएको हो । कर्मचारीमा कोरोना पुष्टि भएपछि सभामुखको पनि स्वाव परिक्षणका लागि पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

काठमाडौंमा केही दिन यता दिनहुँ कोरोना संक्रमितको संख्या बढेको छ । विशेषगरी सुरक्षाकर्मीहरुमा कोरोनाको बढी प्रभाव देखिएको छ । शुक्रबार नै सिंहदरबारभित्र ट्राफिक व्यवस्थान गर्ने दुई जना ट्राफिक प्रहरीलाई पनि कोरोना पोजिटिभ देखिएको छ । उनीहरुलाई पुष्टि भएलगत्तै रामशाहपथस्थित ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ।

शुक्रबार काठमाडौंमा उपत्यकामा ३८ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ३२, ललितपुरमा ५ र भक्तपुरमा एक जनामा कोरोना पुष्टि भएको थियो।

Loading...

Related Articles

Back to top button
Close
Close