समाचार

आज छुट्टा छुट्टै घटना मा तीन जनाको मृत्यु खनाल मृत फेला

गण्डकी प्रदेशमा आज छुट्टाछुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कास्की, मनाङ र स्याङ्जा जिल्लामा भएका घटनामा दुई महिलासहित तीनको मृत्यु भएको हो । पोखरा महानगरपालिका–११ फूलबारीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।निर्माणाधीन घरमा पानी तान्ने मोटरको तार छुटाउन खोज्दा करेन्ट लागेर घाइते भएका पोखरा भद्रकाली बस्ने १८ वर्षीय मजदुर प्रवीण नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको त्यसैगरी मनाङ जिल्लाको नार्फा भूमि गाउँपालिका–२ की ३४ वर्षीया ढोल्पा नाङसेङ लामाको भीरबाट खसेर मृत्यु भएकोयार्सागुम्बा सङ्कलन गर्ने क्रममा सोही स्थानको ध्याङसेङको भीरबाट लगभग ८०० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।उहाँका अनुसार स्याङ्जा जिल्लास्थित कालीगण्डकी नदीमा खसेर अर्की एक युवतीको ज्यान गएको छ । कालीगण्डकी नदी किनारामा रहेको गुठी मन्दिर नजिक हातखट्टा धुने क्रममा अचानक नदीमा खस्दा कालीगण्डकी गाउँपालिका–२ भुरडाँडाकी २५ वर्षीया मीना थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु गरिएको छ ।काठमाडौँ –

लगभग १ हप्ता देखि हराइरहेका काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौंथो वर्ष अध्ययनरत शिशिर खनाल मृत अवस्थामा फेला परेका छन्। गत जेठ १८ गते देखि हराइरहेका खनाल शनिबार कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्।खनालले प्रयोग गर्दै आएको मोटरसाइकल केहि दिने अगाडी कीर्तिपुरको पुष्पलाल पार्कमा फेला परेको थियो। प्रहरीले खोजि कार्य सोहि क्षेत्रमा केन्द्रित गर्दा पनि खनाल फेला पर्न सकेका थिएनन्।अर्घाखाँची स्थाई घर भएका उनी कोटेश्वरमा बसेर (एमबीबीएस) अध्ययन गर्दै आएका थिए। शिशिरले ०५८ सालमा दुर्घटनामा बाबुआमा गुमाएको र डिप्रेसनको औषधि सेवन गर्दै गर्दै आएको बताइएप्रारम्भिक अनुसन्धानको क्रममा उनले आत्महत्या गरेको बारे विभिन्न तथ्यहरु फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आत्महत्या गर्न उनले आल्मुनियम फोस्फेट नाम गरेको विषादी प्रयोग गरेको पाइएको छअनुसन्धान गर्ने क्रममा उनले उक्त विषादी कोटेश्वरमा रहेको एक एग्रोभेटबाट किनेको पनि प्रहरीले पत्ता लगाएको छ। यस्तै उनले कुन विषादी खाँदा मृत्यु हुन्छ भनेर आफ्नो ल्यापटपमा विषादीहरुको नाम पनि सर्च गरेको खुल्न आएको बताइएको छ।विषादीको नाम सर्च मात्र नभई उनले आत्महत्या कसरी गर्ने भनेर पनि सर्च गरेको देखिएको प्रहरीको भनाइ छ।

Related Articles

Back to top button