समाचार

०५८ सालमै आमाबुबा गुमाएका (एमबीबीएस) विद्यार्थी ले गुगलको सहायताले आत्महत्या गरे

०५८ सालमै आमाबुबा गुमाएका खनालले गुगलको सहायताले आत्महत्या गरे काठमाडौं । कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकै जंगलमा मृत अवस्थामा फेला परेका चिकित्सा शास्त्र (एमबीबीएस) पढिरहेका विद्यार्थी शिशिर खनालले आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले (आल्मुनियम फोस्फेट) नामक विषादी औषधी सेवन गरि आत्महत्या गरेका हुन् । सडेको अवस्थामा भेटिएको शव नजिकै शिशिरले प्रयोग गरेको विषादीको खाली डब्बा भेटिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । प्रहरीलाई प्राप्त उनको ल्यापटमा उनले कुन विषादी खाँदा मृत्यु हुन्छ भनेर विषादीहरुको नाम सर्च गरेको पनि खुल्न आएको बताइएको छ । अर्घाखाँची स्थायी घर भएका उनी लामो समयदेखि कोटेश्वरमामा दाजुभाउजुसँग घर किनेर यतै बस्दै आएका थिए । उनी काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र चौथो वर्षमा अध्ययनरत थिए । गत जेठ १७ गतेदेखि वेपत्ता भएका उनी ८ दिनपछि मृत अवस्थामा भेटिएका हुन् । शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपनि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो ।२०५८ सालमा शिशिरले दुर्घटनामा बाबुआमा समेत गुमाएका थिए । डिप्रेसनको बिरामी रहेका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ । खनालका परिवारले प्रहरीलाई बताए अनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए । दुईवटा मोबाइल बोकेपनि खनालको फोन स्विच अफ देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।घटनाबारे थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । एजेन्सी । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । यस घटनामा

परी अन्य ५७ जना घाइते भएका छन् ।उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण २६ जनाको ज्यान गएको खबर प्राप्त भएको बताए ।गण्डकी प्रदेशमा आज छुट्टाछुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कास्की, मनाङ र स्याङ्जा जिल्लामा भएका घटनामा दुई महिलासहित तीनको मृत्यु भएको हो । पोखरा महानगरपालिका–११ फूलबारीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।निर्माणाधीन घरमा पानी तान्ने मोटरको तार छुटाउन खोज्दा करेन्ट लागेर घाइते भएका पोखरा भद्रकाली बस्ने १८ वर्षीय मजदुर प्रवीण नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको त्यसैगरी मनाङ जिल्लाको नार्फा भूमि गाउँपालिका–२ की ३४ वर्षीया ढोल्पा नाङसेङ लामाको भीरबाट खसेर मृत्यु भएकोयार्सागुम्बा सङ्कलन गर्ने क्रममा सोही स्थानको ध्याङसेङको भीरबाट लगभग ८०० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।उहाँका अनुसार स्याङ्जा जिल्लास्थित कालीगण्डकी नदीमा खसेर अर्की एक युवतीको ज्यान गएको छ । कालीगण्डकी नदी किनारामा रहेको गुठी मन्दिर नजिक हातखट्टा धुने क्रममा अचानक नदीमा खस्दा कालीगण्डकी गाउँपालिका–२ भुरडाँडाकी २५ वर्षीया मीना थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

Related Articles

Back to top button