समाचार

विशाल नगरका २८ वर्षीय सुमन को हत्या

रुपन्देही । रुपन्देहीको देवदह–८ विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको छ । निधार र छातिमा लागेको चोट लागेको अवस्थामा वेहोस फेला परेका सुमनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले रुपन्देही देवदह–८ बस्ने २० वर्षीय रमेश थारु, २४ वर्षीय लक्षण थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो, २४ वर्षीय रेखबहादुर महतोलाई पक्राउ गरेको छ । सुमनले राति स्थानीय लक्ष्मण को घरमा गएर ढोकामा हानाहान गरेपछि घटना घटेको जनाइएको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
पश्चिमी वायुको प्रभावले प्रि मनसुनमा देखिएको मौसम बदलीले पूर्वी भागमा हावाहुरीको सम्भावना देखाएको हो । महाशाखाका अनुसार भोलि दिउँसो देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ ।देशका पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान छ । भोलि राति देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने जनाइएको छ ।

Related Articles

Back to top button