समाचार

चितुवाले पुष्पालाई घरबाटै लगेर आक्रमण

तनहुँ । (अाज) बेलुकी तनहुँमा चितुवाले बालिकालाई घरबाटै लगेर आक्रमण गरेको छ । जिल्लाको भानु नगरपालिका २ भकुण्डोथोक बस्ने ईश्वर अधिकारीको छोरी वर्ष ९ की पुष्पा अधिकारीलाई चितुवाले घरबाटै लगेको हो ।पुष्पाा घर भन्दा माथि करिब ५०० मिटरको दुरीमा मृत अवस्थामा फेला परेकी छन् । अफ्नै घरको खेलिरहेको अवस्थामा उनलाई चितुवाले लगेको हो । मृत पुष्पाको घाटिमा चिथोरेको डाम रहेको तर शरिरको अन्य भागमा भने क्षति नपुराएको बताइएको छ ।साँझ ९ बजे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक पुर्ण बहादर थापाको कमाण्डमा ४ र ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रे बाट प्रहरी निरीक्षक निरज डांगिको कमाण्डमा ५ जनाको टोलि घटनास्थलतर्फ गएको छ । घटनाबारे थप विवरणा आउँन बाँकी छ ।-न्यूज२४दीपक खरेल काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कमाण्ड र ब्युरो नेतृत्व फेरबदल गरेको छ।स्रोतका अनुसार महासचिव विप्लवले हेडक्वार्टरको प्रत्यक्ष निगरानीमा मध्यकमाण्डलाई राखेका छन्। त्यसको जिम्मेवारी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ दिइएको छहेमन्तप्रकाश ओली ‘सुर्दशन’ पक्राउ परेपछि बलियो मानिएको मध्यकमाण्ड कमजोर बनेको विश्लेषण पार्टीले गरेको छ। पार्टी स्रोतअनुसार तत्काल प्रकाण्डलाई कमाण्ड सुम्पन नहुने विश्लेषणसहित उनलाई हेडक्वार्टरको प्रत्यक्ष निगरानी रहने ठाउँमा जिम्मेवारी दिइएको हो।प्रहरीले २२

साउन २०७५ मा पक्राउ गरेका प्रकाण्ड केही महिनापछि सर्वोच्चको आदेशले रिहा भएका थिए। पक्राउ पर्नुअघि उनी पार्टीको अर्थ विभाग प्रमुख थिए।
व्यापारीबाट उठाएको चन्दाको सबै हिसाब किताब उनले राख्ने गर्थे। उनी पक्राउ परेपछि आर्थिक विभागका बेथिति सार्वजनिक भएका थिएहाललाई यो जिम्मेबारी उनी एक्लैलाई छोडिएको छैन। ‘आर्थिक विभागमा प्रकाण्डसहित अर्का एक जना हेडक्वार्टरले तोकेका व्यक्ति रहने निर्णय भएको छ’, स्रोतले नेपालखबरसँग भन्यो।पूर्वी कमाण्डमा रहेका अनिल शर्मा बिरहीलाई प्रकाशनको जिम्मेबारी दिँदै कमाण्डको नेतृत्व सन्तोष बुढा मगर ‘विषम’ लाई दिइएको छ। पार्टीको पूर्वी कमाण्डको मुख्यालय भोजपुरलाई तोकिएको छ। पूर्वी कमाण्डका लागि बिषमसहित उमा भुजेललाई जिम्मेवारी तोकिएको छ।विप्लव नेतृत्वको पार्टीको यसअघिको जिम्मेवारीविप्लव नेतृत्वको पार्टीको यसअघिको जिम्मेवारीप्रकाशन, प्रसारण तथा सम्बन्ध बिस्तारसहित रातोखबर पत्रिका र अनलाइनलाइ अझै प्रभावकारी बनाउने जिम्मेबारी बिरही र गुणराज लोहनीसहितको टोलीलाई दिइएको छ।मध्य तथा सुदुपश्चिम कमाण्ड तथा अन्तर्राष्ट्रिय विभागमा धर्मेन्द्र बास्तोला कञ्चनलाई यथावत राखिएको छ।विप्लवले लुम्बिनी–गण्डकी ब्युरो बनाएर त्यसको जिम्मेबारी पोलिट्ब्युरो सदस्य समेत रहेका चन्द्रबहादुर चन्द ‘

बीरजंग’लाई दिएका छन्। यस्तै सेती महाकाली ब्युरोको जिम्मेबारी ओमप्रसाद पुनलाई दिइएको हो।पार्टीमा विप्लवसहित ५ स्थायी समिति सदस्य रहेकोमा सुर्दशन पक्राउपछि ४ जनामात्र बाँकी छन्। १३ सदस्यीय रहेको पोलिट्ब्युरो समेत खुम्चिएको छ। जनवर्गीय संगठन र प्रवाससहित २० वटा ब्युरो रहेकोमा
कमाण्डरहरु पक्राउ परेपछि ब्युरो समेत गाभिएका हुन्। महासचिव विप्लवले कतिपय कमाण्ड र ब्युरो गाभेको स्रोतले बतायो।नयाँ सैन्य भर्नाको तयारीहेडक्वार्टर सेक्रेटरीमा भेषराज भुसाल ‘ध्रुव’लाई नै निरन्तरता दिइएको छ। पार्टी महासचिव विप्लवले सैन्य विभागको जिम्मेबारी आफू मातहत नै राखेका छन्। स्रोतका अनुसार यसलाई संगठित र शक्तिशाली बनाउन नयाँ भर्नालाई व्यापकता दिने निर्णय पार्टीले गरेको छ। प्रतिबन्धित नेकपासँग हाल ४ कम्पनी जनसेना रहेको सरकारी अनुमान छ।स्रोतका अनुसार पार्टीले पूर्वी कमाण्डमा शक्ति केन्द्रित गरेर चन्दा संकलनलाई तीब्रता दिएको छ। मध्य कमाण्डका सम्पूर्ण गतिविधि प्रहरीको निसानामा परेपछि पार्टीले पूर्वी कमाण्डमा केन्द्रित भएको हो।‘पूर्वी पहाडी जिल्लामा यतिबेला चन्दा आतंक छ,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘विप्लव समूहका शक्तिशाली नेताहरु समेत सोही क्षेत्रमा केन्द्रित रहेको सूचना प्रहरीसँग छ।’२८ फागुन २०७५ देखि सरकारले विप्लव नेतृत्वको पार्टीका सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाएको छ। त्यसयता प्रहरीले ५ सय जना पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता पक्राउ गरेको छ। केही अदालतको आदेशबाट छुटेका छन्।प्रहरीले महत्वपूर्ण जिम्मेबारीमा रहेका हेमन्तप्रकाश ओली, भरत बम, बन्धु चन्द र विजय श्रेष्ठलाई पक्राउ गरेको छ। हाल उनीहरु थुनामा छन्। यस्तै पूर्वी कमाण्डका प्रमुख सहयोगी रहेका पदम राई र मध्यकमाण्डमा प्रमुख सहयोगी रहेका शंकर अधिकारीले पार्टी परित्याग गरेका छन्।-नेपाल खबर

Related Articles

Back to top button