भिडियो

४८ घण्टा पनि नबित्दै नेपाल प्रहरीलाई गोंगबु घटनामा यसरी मिल्यो सफलताअनुसन्धानबाट खुलेका तथ्यहरू

काठमाडौं, २७ साउन । आइतबार विहान गोंगबु चोकमा सुटकेशमा प्याक गरेको अवस्थामा भेटिएका कृष्ण बहादुर बोहरा हत्या काण्ड अनुसन्धानमा नेपाल प्रहरीलाई सफलता मिलेको छ ।४८ घन्टामा नै प्रहरीले हत्याकी मुख्य अभियुक्त कल्पना शाही भनिने कल्पना मुडवरीलाई चितवन शक्तिखोरबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याएको थियो घटनाको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त अनुसन्धान गरेका थिए । मुडवरीले बोहरा हत्यामा आफूले स्लिपिङ ट्याबलेट खुवाएको समेत बयान दिएकी छन् ।यस्तै प्रहरीले घटनास्थलबाट ह्याम्बर र काट्नका लागि प्रयोग गरिएको दाउ समे त बरामद गरेको छ । अभियुक्तको बयानअनुसार बोहराले बलात्कारको कोशीश गरेपछि स्लिपिङ ट्याबलेट खुवाएर हत्या गरिएको हो । शव व्यवस्थापनका लागि १६ बर्षिया छोरीले सहयोग गरेको भन्ने पनि विवरणमा खुलेका छन् ।हत्या र शव व्यवस्थापन गरेपछि मुडवरी चितवनस्थित घर पुगेकी थिइन् अनुसन्धा

नबाट खुलेका तथ्यहरू :मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लास्टिकले बेरेको, बोराको नाम्लोसहित कालो रंगको सुटकेशभित्र टाउको र खुट्टाविनाको पुरुषको शव फेला परेको तत्काल तालिम प्राप्त जोजो नामको ट्र्याकिङ डग (कुकुर) परिचालन गर्दा टाउ को र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तरमा रहेको स्वर्गद्वारी मार्गको खाली जमिनको कुनामा फेला परेको – मृतक पहिचा नका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक सञ्जाल तथा मिडियामार्फत सार्वजनिक गरिएको ।मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने व्यक्ति आई मृतकको सनाखत गरेको ।मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका वर्ष ४५ का कृष्णबहादुर बोहोरा भन्ने यकिन भएको ।

Related Articles

Back to top button