समाचार

पाँचथर हत्याकाण्डमा भागेर बाँचेकी सीता ले भेटिन् अभिभावक

इटहरी । गत जेष्ठ ६ गते राती पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारका ९ जनाको सामूहिक हत्यामा भागेर बाँच्न सफल भएकी किशोरीले इटहरीमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा अध्ययन गर्ने भएकी छिन् ।इटहरी १९ स्थित भवानीपुरमा रहेको उक्त विद्यालयमा शनिबार एक कार्यक्रमको आयोजना गरि किशोरीलाई उक्त विद्यालयमा भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक शिबचन्द्र राईले बताए । प्रधानाध्यापक राईले भने, ‘१४ बर्षीया सीता खजुम लिम्बु कक्षा ९ मा अध्ययन गर्ने गरि हामीले अभिभावकत्व ग्रहण गरेका छौँ, उनको बाबुआमा हामी नै हो ।’ उनका अनुसार परिवार गुमाएको पीडा आलै रहँदा आँफूहरुले अभिभावकत्व ग्रहण गर्दा पीडित किशोरीले परिवार पाउने भएकाले तत्काल आँफूहरुले यो विद्यालयमा भर्ना गरिएको

बताए । सीता यसअघि पाँचथरमै मावलीघरमा बसेर स्थानीय स्कुलमा ९ कक्षा अध्ययन गर्दै आएकी थिईन् ।‘१४ बर्षीया सीता खजुम लिम्बु कक्षा ९ मा
अध्ययन गर्ने गरि हामीले अभिभावकत्व ग्रहण गरेका छौँ, उनको बाबुआमा हामी नै हो ।’: प्रधानाध्यापक शिबचन्द्र राजेष्ठ ६ गते पाँचथर मिक्लाजुङ आरुबोटेका बमबहादुर फियाकसहित उनको परिवारका चार जना र बमबहादुरका ज्वाइँ धनराज सेर्मासहित उनको परिवारका पाँचजनाको हत्या भएको थियो । उनीहरु सबैको हत्या भएपछि घटनाबाट भागेर बाँचेकी १४ बर्षीया सीता अभिभावक बिहीन बनेकी थिईन् । उनले यहाँको शहीद स्मृति आवासीय विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीहरुसँगै अध्ययन गर्न पाउने भएपछि खुशी देखिन्थिन् ।यो विद्यालयमा द्धन्द्ध पीडित, सीमान्तकृत, अति विपन्न, गरीब, र शहीदका छोराछोरी निःशुल्क रुपमा अध्ययन गर्दै आएको प्रधानाध्यापक राईले बताए । देशभरी पाँचवटा मात्र रहेको शहीद स्कुल प्रदेश १ को इटहरीमा मात्र रहेको छ । यहाँ अध्ययन गर्ने विद्यार्थीहरु प्रतिभाशाली बन्ने उनको विश्वास छ । उनले भने, ‘५ सय ३० जना विद्यार्थीमध्ये ३ सय ३२ जना पीडित बालबालिका रहेका छन्, यहाँ अध्ययन गर्ने बालबालिकालाई राज्यले खर्च व्यहोर्दै आएको छ, कहिले सहयोगीहरुले पनि सहयोग गर्नुहुन्छ ।’-राजधानी बाट

Related Articles

Back to top button