समाचार

आजमात्रै ६ बर्षिया बालिका सहित ९ को मृत्यु

६ भाद्र,काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप नौ जनाको मृत्यु भए भएको छ । त्यससँगै देशभरमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा सुनसरीमा ६ वर्षीया बालि कासहित एक पुरुष रहेका छन् । पर्सामा तीन पुरुषसहित बारा, सिरहा, मकवानपुर र भक्तपुरमा एक/एक पुरुषको कारोनाका कारण मृत्यु भएको छ ।त्य
स्तै नेपालमा बितेको २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ६ भदौ, जनकपुरधाम : सिरहामा मृत्यु भएर अन्त्येष्टि गरि सकेका थप एक जनामा कोरोना संक्रमण पुष्टि मृत्यु भएको छ। भदौ ३ गते मृत्यु भएर अन्त्येष्टि गरिसकेका सिरहाको मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुष मा

शुक्रवार राति कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिएती पुरुषको भदौ २ गते गाउँमैस्वाब संकलन गरिएको थियो। उनी मधुमेह र उच्च रक्तचापका बिरामीसमेत थिए र उनको ३ गते मृत्यु भयो। सामान्य तरिकाले अन्त्येष्टि गरियो र अन्त्येष्टिको २ दिनपछि
रिपोर्ट पोजेटिभ आएको हो,’ कणेलले भने, ‘मलामी जानेहरुको पहिचान गरेर क्वारेनटाइनमा राख्ने तैयारी भैरहेको छ। क्वारेनटाइनमा उनीहरु ५ दिन बसी
सकेपछि उनीहरुको स्वाब संकलन गरिने छ।’अन्त्येष्टिको क्रममा एकजनाले भिडियो लिएको हुनाले मलामी जानेहरुको पहिचान गर्न सजिलो भएको प्रजिअ कणेलले बताए। उनले भिडियोमा २५ देखि ३० जना मलामी गएको देखिएको जानकारी दिए। योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

Related Articles

Back to top button