समाचार

नेपाल एयरलाइन्स का पाइलटले सिस्टम अन गर्न बिर्सेपछि…..

पाइलटले सिस्टम अन गर्न बिर्सेपछि….. आइतबार बिहान आठ बजे नेपाल एयरलाइन्सको उडान नम्बर २०५। एयरबस ३२०–२०० जहाज काठमाडौंबाट भारतको नयाँ दिल्ली जाने तालिका थियो। जहाज सबै तयारी पूरा गरी ट्याक्सी वेमा पुग्यो। तर अचानाक रोकियो। ट्याक्सी वेमा जहाज रोकिएपछि विमानस्थलको नियन्त्तण कक्षमा सूचना आयो आइआरएस(इन्टर्नल रिफ्रेन्स सिस्टम) अन नभएकाले केही समय लाग्ने। ‘त्यसपछि हामी त छक्क प¥यौ, उडानभन्दा ठिक अघि विभिन्न प्राविधिक तथा प्रणालीगत परीक्षण अनिवार्य हुन्छ जुन आज भएन’ विमानस्थल कार्यालय स्रोतले भन्यो। यो सिस्टम सुचारी नगरी जहाज उडानु जोखिमपूर्ण मानिन्छ। पाइलटहरुका अनुसार पार्किङबाट जाँदाखेरी नै उक्त सिस्टम पूर्णरुपमा सूचारु भइसकेको हुनुपर्छ। तर नेपाल
एयरलाइन्सका पाइलट क्याप्टेन मोहम्मद घानी, कोपाइलट उद्धव घिमिरे र नागरिक उड्डयन प्राधिकरणकाउडान सुपरीवेक्षक डिआर निरौला सहभागी उक्त

जहाज उडानको समयमा गम्भिर लापरबाही गरेको पाइएको छ। यसअघि नेपाल एयरलाइन्सकै वाइ १२ जहाजकाट क्याप्टेन रहेका घिमिरेको एयरबस ३२० जहाजको पहिलो उडान थियो। त्यसैले उनलाई प्रशिक्षक पाइलट र प्राधिकरणका सुपरीवेक्षक पनि राखिएको थियो। प्रकाशित मिति: आईतबार, जेठ २६, २०७६, ०१:५२:००संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेकाे लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा रहेका दुई जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ ।विमानमा रहेका एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा देखिएको छ । थप अनुसन्धान जारी रहेकाे स्थानीय प्रहरीले जनाएकाे छ ।

Related Articles

Back to top button