समाचार

संक्रमणको केन्द्र बन्दै उपत्यका अटेरी गरे अझै भयावय अवस्था आउने

मानिसहरुले अटेरी गरिरहने हो भने अझै पनि भयावय अवस्था आउने चिन्ता व्यक्त गरेको छ । तथ्यांक हेर्ने हो भने उपत्यकाका तीन जिल्लामा ३ हजार ४८६ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेका छन् । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौं जिल्लामा जनसंख्या अत्याधिक रहेको छ ।

सरकारी तथ्यांक हेर्ने हो भने उपत्यकामा करिव ५० लाख व्यक्ति बसोबास गरिरहेका छन् । काठमाडौंमा आइतवारसम्म २ हजार ७५६ सक्रिय संक्रमित रहेका छन् । ललितपुरमा ४४३ र भक्तपुरमा २८७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म उपत्यकामा कुल संक्रमितको संख्या ३ हजार ४८६ पुगेको छ । तर, संक्रमित निको हुने दर भने तथ्यांकले न्युन देखाएको छ । हालसम्म केवल २९७ जनामात्रै निको भएको देखाएको छ ।

काठमाडौं महानगरले तयार पारेको तथ्यांक अनुसार मृ-त्यु हुनेमा सबैभन्दा धेरै वडा नम्बर १० बानेश्वर क्षेत्रका छन । बानेश्वर क्षेत्रमा कोरोना संक्रमित ३ जनाको मृ-त्यु भएको छ । त्यस बाहेक वडा नम्बर २७ महावौद्धमा २ जना, वडा नम्बर ४ बालुवाटारमा १ जना, वडा नम्बर १२ टेकुमा १ जना र वडा नम्बर २० भीमसेनस्थानमा १ जनाको मृ-त्यु भएको महानगरले जनाएको छ ।

Related Articles

Back to top button