समाचार

केटी भगाएको भन्दै निर्घात कुटपिट

केटी भगाएको भन्दै जनप्रतिनिधिले नै गरे कुटपिट महोत्तरी – केटी भगाएको भन्दै महोत्तरीको सोनमा गाँउपालिकामा दुई जनामाथि निर्घात कुटपिट भएको छ ।सोनमा गाँउपालिका-१ की सुधा यादवलाई स्थानीय राजु साहसँग भगाउनको लागि सहयोग गरेको भन्दै गाउँका शंकर साह र सुधिर साहलाई कुटपिट गरिएकाे हाे ।वैशाख १८ गते भएको घटना मिलाउन आयोजित पञ्चायत भइरहेको समयमै वडा कार्यालयकै परिसर भित्रबाट केही व्यक्तिहरुले कुटपिट गर्दै आएको पीडित शंकर साहले बताउनुभयाे ।पीडित साहले बताए अनुसार त्यस वडाका वडाअध्यक्ष अशोक यादव, गाउँपालिका प्रमुख राजकुमार यादव र प्रमोद यादवले हातखुटा बाँधी निर्घात कुटपिट गरेका थिए ।घाइते अवस्थामा रहेको आफूहरुलाई घटनास्थलमा रहेका प्रहरीले पनि अस्पताल नलगेर घरमा छाडेकाे पीडित साहले गुनासाे गर्नुभयाे । भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका प्रमुख यादवले चेतावनी दिएको भन्दै साहले दुखेसाे पोखे ।घटनाको इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता भएको र चाँडै नै यस सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइने प्रहरी निरीक्षक किशोर अचार्यले बताउनुभयाे । हुम्ला, २१ बैशाख । जिल्ला प्रहरी कार्यलय हुम्लामा कार्यरत एक प्रहरीको आज बिहान मृत्यु भएको छ । प्रहरी कार्यालयको ड्युटीमा रहेको दैलेख नारायण नगरपालिका १ घर भएका ३२ वर्षीय

प्रहरी हवल्दार चन्द्रबहादुर खडकाको शनिबार मृत्यु भएको हो विहान साढे ९ बजे एक्कासी हवल्दार खड्को जिल्ला प्रहरी कार्यलयमै डिउटीमा खटिएको समयमा एकासी विरामी भएपछि उपचारको लागि जिल्ला अस्पताल हुम्लामा लाने क्रममा बिच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नावय उपरिक्षक राम प्रसाद घर्तिमगरले बताए । मृतक खड्का ह्रदयघातका कारणले मृत्यु भएको हुन सक्ने जिल्ला अस्पाताल कार्यलय श्रोतले जानकारी दिएको छ ।मृतक हल्दार खड्का यस अघि पनि मुटु र प्रेसरको विरामी भएकोले नियमित औषधि प्रयोग गरिरहेको समेत प्रहरी नावय उपरिक्षक घर्तिमगरले बताए । जिल्ला प्रहरी कार्यलयमा हुम्लामा प्रहरी जवान भएर ११ महिना बिताएका खड्का भरखरै प्रहरी जवनाबाट प्रहरी हल्दार पदमा बढुवा भएको थियोमृतक खड्को लाश प्रहरी केन्द्रिय कार्यलयको पहलमा र जिल्ला प्रहरी कार्यालय हुम्लाको समन्वयमा मृतककै गृह जिल्ला दैलेख नारायाण नगरपालिकामा हेलिकप्टरद्धारा पुराउने पहल भईरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नावय उपरिक्षक घर्तिमगरले बताए ।मृतक खड्को शव जिल्ला अस्पातालको शब गृहमा राखिएको छ । खड्का के कारणले मृत्यु भएको हो ? सो को जनाकारी पोस्टमार्टमपछि मात्र थाहा हुने भएकाले अहिले केही भन्न नसकिने जिल्ला अस्पताल श्रोतले जनाएको छ ।दैलेखैमा पोस्टमार्टम गर्ने मृतकका घरपरिवारले दैलेखैमा पोस्टमार्टम गर्ने भने पछि मृतकको लासलाई जिल्ला अस्पताल हुम्लामा पोस्टमार्टम नगरी दैलेख पठाउने तयारी भईरहेको प्रहरी नावय उपरिक्षक घर्तिमगरले बताए ।सिन्जा जुम्ला, २१ बैशाख। जुम्ला जिल्लाको सिन्जा क्षेत्रमा रहेको हिमा नदिबाट अबैध रुपमा

ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भईरहेको छ । पछिल्लो समय निजी तथा सरकारी भवन, घर र सडकहरु निमार्ण गर्न हिमा नदिबाट धमा धम ढुङ्गा, गिट्टी र बालुवा उतखनन् भइरहेकोढुङ्गा, गिट्टी र बालुवा हिमा नदीबाट उत्खनन् भएपछि नदी जन्य माछा लगाएत अन्य जिव जन्तुहरु पनि लोप हुँदै गइरहेको छ । हिमा नदीबाट अबैध रुपमा ढुङ्गा, गिट्टा र बालुवा दिन प्रतिदीन ओसार पसार भईरहेको छ । सिन्जा गाँउपालिकाको परिसरका रोडाको ५ सय ,बालुवा चालेको प्रति ट्याक्टर १५ सय शुल्क लिदै आएको छ । प्रत्यक वडा कार्यालयबाट नगदे रसदि काटेर नियमित शुल्क लिने गरेको छ ।ईआई गरेर ठेक्का पट गरी नदि जन्य बस्तु उदखनन् गनु पर्ने हो । तर गाँउपालिकाको निर्णय अनुसार शुल्क लिईरहेको सिन्जागाँउपालिका वडा नम्बर ३ बस्ने रतन बहादुर शाहीले बताएका छन । सिंन्जा गाँउपालिकाले बनाएको नियम अनुसार कुनै ब्याक्तिले शुल्क नबुझाएको उनी बताउँछिन् ।जताततै बालुवा, ढुङ्गा र गिट्टी उतखनन् भईरहेको कार्यलाई रोक्ने भएको छ । उक्त कामलाई तत्काल बैठक बोलाएर बन्द गर्ने र कुनै विषेश ठाँउमा मात्र बालुवा, ढुङ्गा , गिट्टी उतखनन् गर्न पाउने नियम बनाउने अध्क्षय देवल सिंह रावतले बताएका छन । विषेश गरी कर्णाली राजमार्ग अन्तर्गत बाजागाडादेखि नरकोट सम्मको सडक निमार्णका सबै भन्दा बढी हिमा नदीको बालुवा, ढुङ्गा र गिट्टी उतखनन् भइरहेको छ ।वर्षा याममा नदीको बाहव वढ्दै गएपछि किनारामा रहेको खेतियोग्य जमिनमा ठूलो असर हुने स्थानीय बासीको भनाइ छ । डोजर प्रयोग गरेर नदीको बालुवा, ढुङ्गा र गिट्टी निकाल्दै आएको स्थानीयबासी बताउछन्

Related Articles

Back to top button