समाचार

सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहे ट्रक दुर्घटना १३ जनाको मृत्यु दर्जनौं घाइते

मनिला– फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए। पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको हो। कामारिन्स सुर प्रान्तमा शनिबार भएको उक्त दुर्घटनामा अरु दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस२६ जेठ, काठमाडौं । ‘तल्लो जात’ को भनेर पटकपटक विभेद गरेको आरोप लगाउँदै एक व्यक्तिले छिमेकीलाई खुकुरी प्रहार गरेका छन् ।कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार सार्कीले स्थानीय सुनील नगरकोटीमाथि खुकुरी प्रहार गरेका हुन्महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार घटना शनिबार साँझको हो ।धाराको पानी छोएको निहुँमा नगरकोटीले विवाद गर्न खोजेपछि राजकुमारले खुकुरी प्रहार गरेको खुलेको जनाइएको छ ।घटनापछि गम्भीर भाइते भएका नगरकोटीलाई स्थानीयले ंजोरपाटीको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगेका थिए ।प्रहरीलाई दिएको बयानमा सार्कीले आफ्नो कसुर स्वीकारेका छन्, उनले रीस थाम्न नसकेर छेउमा भेटेको हतियारले प्रहार गरेको बताएका छन् ।थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले सार्कीलाई प्रहरी वृत्त, बौद्धको जिम्मा लगाएको छ ।।पाइलटले सिस्टम अन गर्न बिर्सेपछि….. आइतबार बिहान आठ बजे नेपाल एयरलाइन्सको उडान नम्बर २०५। एयरबस ३२०–२०० जहाज काठमाडौंबाट भारतको नयाँ दिल्ली जाने तालिका थियो। जहाज सबै तयारी पूरा गरी ट्याक्सी वेमा पुग्यो। तर अचानाक रोकियो।

ट्याक्सी वेमा जहाज रोकिएपछि विमानस्थलको नियन्त्तण कक्षमा सूचना आयो आइआरएस(इन्टर्नल रिफ्रेन्स सिस्टम) अन नभएकाले केही समय लाग्ने। ‘त्यसपछि हामी त छक्क प¥यौ, उडानभन्दा ठिक अघि विभिन्न प्राविधिक तथा प्रणालीगत परीक्षण अनिवार्य हुन्छ जुन आज भएन’ विमानस्थल कार्यालय स्रोतले भन्यो। यो सिस्टम सुचारी नगरी जहाज उडानु जोखिमपूर्ण मानिन्छ। पाइलटहरुका अनुसार पार्किङबाट जाँदाखेरी नै उक्त सिस्टम पूर्णरुपमा सूचारु भइसकेको हुनुपर्छ। तर नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन मोहम्मद घानी, कोपाइलट उद्धव घिमिरे र नागरिक उड्डयन प्राधिकरणका उडान सुपरीवेक्षक डिआर निरौला सहभागी उक्त जहाज उडानको समयमा गम्भिर लापरबाही गरेको पाइएको छ। यसअघि नेपाल एयरलाइन्सकै वाइ १२ जहाजकाट क्याप्टेन रहेका घिमिरेको एयरबस ३२० जहाजको पहिलो उडान थियो। त्यसैले उनलाई प्रशिक्षक पाइलट र प्राधिकरणका सुपरीवेक्षक पनि राखिएको थियो। प्रकाशित मिति: आईतबार, जेठ २६, २०७६, ०१:५२:००संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेकाे लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा रहेका दुई जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ ।विमानमा रहेका एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा देखिएको छ । थप अनुसन्धान जारी रहेकाे स्थानीय प्रहरीले जनाएकाे छ ।

Related Articles

Back to top button