समाचार

इँटाले हिर्काएर गीताको हत्या

इँटाले हिर्काएर श्रीमतीको हत्या कपिलवस्तु-कपिलवस्तुको सिद्धार्थ क्याम्पसस्थित बुङ्ची टोल नजीकै एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । अत्यधिक मादक पदार्थ सेवन गरेर अपराह्न ४ बजेतिर आएका श्रीमान्लाई सामान्य गाली गर्न थालेकी श्रीमतीले सोही कारण ज्यान गुमाएकी हुन् ।
वाणगङ्गा १ बुङ्चीकी ३९ वर्षीया गीता चौधरीको ४९ वर्षीय श्रीमान् अगमानले हत्या गरेको अभियोग लगाइएको हो । आज अपराह्न ४ः३० बजे भएको घटनाको खबर पाउनासाथ तत्काल पुगेको प्रहरीले घाइतेलाई एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल बुटवल पठाए पनि साँझ पौने ७ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता देवेन्द्रकुमार पाण्डेले जानकारी दिए । अभियुक्त अगमानलाई प्रहरीले हिरासतमा राखेको छ । दम्पती दैनिक काम गरेर खाने मजदूर रहेको बताइएकोछ रौतहट – रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका

छन्।पटक–पटक सरुवा हुँदा पनि तोकिएको स्थानमा नगएपछि संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई निलम्बन गरेको हो।जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नजानुका साथै मन्त्रालयले तीन दिन भित्र खटाइएको कार्यालयमा हाजिर हुन लिखित रुपमा पत्राचार तथा मौखिक निर्देशन समेत दिदाँ नगएपछ मन्त्रालयले २ महिनाको लागि निलम्बन गरेको छ।मंत्रालयले सरोजकुमार लाल दासलाई निमित प्रमुख प्रशासकीय अधिकृत बनाउँदासमानान्तर रूपमा आफैं पदमा नभएका कार्कीले नियविपरीत निमित्त ताेकेपछि गौरका स्थानीय विरोधमा जनाएका थिए।पटक–पटक सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई फिर्ता जानुपर्ने तथा संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्यभार दिएका दासलाई बहाल गर्नुपर्ने प्रदर्शनकारीको माग छ । सरकारले पटक–पटक सरुवा गर्दा पनि सरुवा भएको ठाउँमा कार्की नजाँदा अनेक शंका उब्जाएको भन्दै स्थानीयले विरोध प्रदर्शनसमेत गरेका थिए।

Related Articles

Back to top button