समाचार

जसको तलब आइरहन्छ, उनीहरूले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेका छन्’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले काम नगरे पनि नियमित तलब आउनेहरुले मात्रै लकडाउन र निषेधाज्ञा गर्नुपर्ने भनिरहेकाे बताएका छन्।हिजो मात्रै प्रधानमन्त्री केपीशर्मा ओलीसँग श्रेष्ठसहितका उद्योगी व्यवसायीले भेटवार्ता गरेका थिए। भेटमा आफूहरुले ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको उनले बताए। निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरिएको श्रेष्ठले बताए।‘जसले व्यापार गर्नु पर्दैन, जसले तलब खुवाउनु पर्दैन, जसको स्वतः तलब आइरहन्छ उनीहरुले मात्रै लकडाउन गर्नुपर्छ भनिरहेका छन् भन्ने विषयमा प्रधानमन्त्री ओली पनि सहमत हुनुहुन्छ’ उनले भने ‘जसको केही काम छैन, तलब आफै सुरुसुरु आउनेहरु लकडाउन निषेधाज्ञा गर्न उल्टोउल्टो कुरा गरेका छन्।’सवा चार बजे को स्वास्थ्य मन्त्रालयको ब्रिफिङले सकारात्मक उर्जा दिनुको सट्टा नकारात्मक भएको उनले बताए। अबको दिनमा आर्थिक क्षेत्र चलायमान नभए कोरोनाले नभई भोकमरीले मृत्यु हुने स्थिति आउन सक्ने धारणा सबै व्यवसायीहरुले राखेको श्रेष्ठले बताए।अहिले नयाँ युवा पुस्ता जो व्यवसायमा लागेका छन् उनीहरु

निरुत्साहित हुने स्थिति आइसकेकोले सकारले छिट्टै पुनरुउत्थान गर्नुपर्नेमा उनले जोड दिए। व्यवसायीले राजश्व, ब्याज, घरभाडा, अफिस भाडा, कर्मचारी र श्रमिकको तलब तिर्नैपर्ने तर आम्दानी शून्य हुने स्थिति आएकाले आफूहरु समस्यामा परेको कुरा स्पस्टसँग प्रधानमन्त्रीसमक्ष राखिएको श्रेष्ठले बताए।सरकारले गत जेठ महिनासम्मको स्थितिलाई हेरेर बजेट मार्फत ५० अर्बको स्टिमुलस प्याकेज ल्याएकोमा अहिले लकडाउन लम्बिँदै जाँदा त्यसले नपुग्ने भएकाले २ खर्बको प्याकेज ल्याउन सुझाव दिएको उनले बताए।सरकारले पूँजीगत खर्च गर्न नसकेको रकम स्टिमुलस प्याकेजमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउन सहजीकरण गर्नुपर्ने श्रेष्ठको भनाई छ।त्यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा कोषलाई पुनर्संरचना गर्नुपर्ने र अन्य व्यक्तिगत एवं साधारण कर्जालाई पनि पुनर्संरचना गर्ने व्यवस्था मिलाउन अग्रह गरिएको उनले बताए। व्यवसायीहरु आफ्नो व्यवसायलाई निरन्तरता दिन पाए जस्तो सुकै परिस्थितिमा पनि सरकारलाई राजश्व र भ्याट तिर्न तत्पर रहेको कुरा समेत प्रधानमन्त्री ओलीलाई बताएको उनको भनाइ छ।प्रधानमन्त्री ओलीले व्यवसायीहरुसँग अर्थतन्त्रलाई खस्किन नदिने प्रतिवद्धता जनाएको पनि श्रेष्ठले बताए। व्यवसायी र प्रधानमन्त्री ओलीबीचको भेटमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा समेत उपस्थित थिए।

Related Articles

Back to top button