समाचार

नेकपा : सरकार र ओलीको पार्टी दाहालको जिम्मामा

काठमाडौं, २६ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले केपी शर्मा ओलीले सरकार र पुष्पकमल दाहालले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने प्रस्ताव पास गरेको छ ।आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओली सरकार र दाहाल कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको हो ।आजको स्थायी कमिटी बैठकमा अध्यक्षद्धय ओली र दाहालको प्रस्ताव पेश भएको थियो । जहाँ वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित १३ नेताले बोल्नुभएको थियो ।उक्त नेताहरुले दिनुभएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरिएको

बताइएको छ । अब पार्टीलाई विधि र पद्धतिमा अगाडि बढाउने र पार्टीको मागर्दशनमा सरकार चल्ने जनाइएको छ ।यसका साथै आजको बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको बताइएको छ ।काठमाडौं, २६ भदौ । पछिल्लो २४ घण्टामा देशभर पाँच जना कोरोना संक्र मितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्ण मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । जसमा काठमाडौंका ७० वर्षीय पुरुष, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।त्यसैगरि मोरङकी ४० वर्षीया महिलाको पनि मृत्यु भएको छ । योसँगै देशभर कुल मृतकको संख्या ३ सय २२ पुगेको छ । यो मृत्युदर कुल संक्रमितहुनेहरुबाट ०।६२ प्रतिशत हो ।

Related Articles

Back to top button