समाचार

एकै परिवारका ३ जना मृ’त फेला

भक्तपुर — मध्यपुर थिमि नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका ३ जना मृत फेला परेका छन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेकाे महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले एकै परिवारका तीनजनाको शंकास्पद मृ’त्यु भएको पाइएको बताए । ‘हामीले अनुसन्धान थालेका छौं । यसमा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्नेछौं,’ उनले भने ।

मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button