समाचार

काठमाडौंको अस्पतालमा चार संक्रमितको मृ’त्यु

काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित व्यक्तिको काठमाडौंको टिचिङ अस्पतालमाउपचाररतचारजना कोरोना संक्रमितएको छ।मृत्यु हुनेमा काठमाडौंका तीन जना र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको अस्पतालका कोभिड टिम सदस्य डा‍. सविन थपलियाले जानकारी दिए। मृ’त्यु हुने संक्रमितहरूमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष छन्। त्यस्तै सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष छन्।।काठमाडौंका ५९ वर्षीय पुरुष गत

भदौ १९ गते अस्पताल भर्ना भएका थिए। मधुमेहका समेत रोगी रहेका उनको गए राति सवा ११ बजे मृ’त्यु भएको हो।काठमाडौंकै अर्का ६४ वर्षीय पुरुषको भने आइतबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। किड्नी फेल भएका उनी केही समययता डायलासिस गराउँदै आएका थिए। काठ माडौंकै ७० वर्षीय वृद्धको शनिबार ४ बजे मृ’त्यु भएको थियो सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको भने शनिबार राति साढे १२ बजे मृ’त्यु भएको डा. थपलियाले जनाए। उनमा कोभिड निमोनियाको समस्या रहेको थपलियाले बताए।

Related Articles

Back to top button