समाचार

विदेशमा अलपत्र नेपाली नेपालीहरुको लागि

काठमाडौं, २८ भदौ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा ढिलाई भएको निष्कर्ष निकालेको छ ।आइतबार बसेको समितीको बैठकले अलपत्र नोपालीहरुको उद्धारमा ढिलाई भएको बताउदै सरकारलाई अब एक महिना भित्रै उद्धार गरिसक्न निर्देशन समेत दिएको छ ।सरकारले कोरोना महामारीको कारण बिदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने कार्ययोजना बनाएर काम गरिरहेको छ सर कारले भदौ १६ गतेबाट नियमित रुपमा उद्धारका उडानहरु भरिरहेको छ । तर हाल भइरहेको उडानले मात्रै सबै अलपत्र नेपालीहरुको उद्धार उपयुक्त सम यसम्ममा भइनसक्ने अनुमान गरिएको छ । आजको छलफलमा पनि यही अवस्था भए उद्धारका काममा ढिलाई हुनसक्ने सहभागीहरुले सुझाव दिएका छन्।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले विदेशमा अलपत्र नेपालीको उद्धा
रमा ढिलाइ नगर्न निर्देशन दिएको बताइएको छ ।यतिबेला कोरोना भाइरसको संक्रमणबाट सिर्जित समस्याका कारण विभिन्न म्ुलुकमा ६८ हजार ३४७ नेपाली

तत्काल उद्धारको खाँचोमा रहेको परराष्ट्रको तथ्याङ्कमा छ । उनीहरुलाई कम्तिमा एक महिनाभित्रै उद्धारको आवश्यकता रहेको ठहर गर्दै समितिले सरकारलाई निर्देशन गरेको हो ।समितिले उद्धारका लागि सरकारले उडानका लागि एयरलाइन्स कम्पनीहरुसँग समयमै आवाश्यक व्यावस्थापन गर्न र जुन एयरलाइन्स कम्प नीले चाँडो उडान भर्न सक्छन् तीनीहरुसँग सहकार्य गर्न निदेशन दिएको छ ।त्यस्तै उद्धार गरेर ल्याईका सबै नेपाली नागरिकहरुलाई क्वारेन्टाइन र आआफ्नो क्षेत्रमा पुर्याउनमा सबै निकायसँग समोन्वय गर्न निर्देशन दिइएको छ ।सरकारले गत जेठबाटै लपत्र नेपालीहरुको दैनिक ५ सय देखि ८ सयउद्धार गर्दै आएको छ । तर यो संख्या न्यून भएकोले उद्धारमा ढिलाई हुने भन्दै सरकारको बिरोध समेत भइरहेको छ । हालसम्म विभिन्न मुलुमा अलपत्र परेका ६१हजार ७१० जना नेपालीको उद्धार भइसकेको छ । जसमा सबैभन्दा धेरै यूएईबाट धेरै नेपाली स्वदेश फर्किएका छन् ।

Related Articles

Back to top button