समाचार

मोदी सरकार ले नेपाल लाई दियो खुसीको खबर

भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरव ६० करोड उपलब्ध गराएको छ ।सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरव ६० करोडको चेक हस्तान्तरण गरेको हो ।भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अरव ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिनु भयो । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि नै २ अरव १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।कार्यक्रममा बोल्दै नेपालका लागि भारतका राजदुत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि बताए ।२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।कार्यक्रममा नेपालका लागि भारतीय राजदुत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिव ७० प्रतिशत भन्दा बढि सम्पन्न हुनु आफ्नो मुलुकका लागि सुखद् समाचार भएको पनि बताएका थिए ।

यो पनिः–

मोदीको हवाईयात्रा पाकिस्तानले निर्धारण गर्ने, यस्तो छ खास खुलासाभारतका प्रधानमन्त्रीको हवाई यात्राको समयावधि पाकिस्तानले निर्धारण गर्ने विषय अपत्यारिलो लाग्न सक्छ तर वास्तविकता यही नै हो ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको किर्गिस्तान भ्रमणका क्रममा हुने हवाई यात्राको समयावधि पाकिस्तानले निर्धारण गर्नेछ । समाचार एजेन्सीहरुका अनुसार मोदीको हवाई यात्रा ८ घण्टा लामो हुने या ४ घण्टाको हुने भन्नेबारे पाकिस्तानले निर्धारण गर्ने भएको हो ।किर्गिस्तानको राजधानी बिस्केकमा १३ र १४ जुनमा आयोजना हुने सांघाइ सहयोग संगठनको बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी त्यसतर्फ जान लागेका हुन् । उनको हवाई मार्ग भने अझै निश्चित हुन सकेको छैन ।पाकिस्तानले हाल आफ्नो आकाशमाथि व्यावसायिक उडानमा बन्देज लगाएको छ । पाकिस्तानी आकाश प्रयोग गर्ने ११ हवाई रुटमध्ये दुईवटा रुटमात्र खुला छ । ती दुवै रुट दक्षिण पाकिस्तानतर्फ छन् ।नयाँ दिल्लीबाट किर्गिस्तान जानका लागि पाकिस्तानले आफ्नो आकाशमाथि लगाएको प्रतिबन्ध खुला नगरेमा मोदी सवार विमानले घुमाउरो बाटो प्रयोग गर्नुपर्नेछ । उक्त बाटो करिब ८ घण्टा लामो हुने जनाइएको छ । पाकिस्ताले मोदी सवार विमानलाई हवाई मार्ग खुला गरेको खण्डमा यात्रा अवधि झण्डै आधा कटौती हुनेछ । भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानले मोदी सवार विमानका लागि आकाशमार्ग खुला गरिदिएमा करिब ४ घण्टामै उनी किर्गिस्तान पुग्नेछन् ।भारतले पाकिस्तानसमक्ष मोदीको किर्गिस्तान भ्रमणका क्रममा पाकिस्तानी आकाशमाथिको प्रतिबन्ध हटाइदिन आग्रह गरेको जनाइएको छ । पाकिस्तानले यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।यसअघि पाकिस्तानले भारतका तत्कालिन विदेशमन्त्री सुष्मा स्वराज सवार विमानका लागि किर्गिस्तान जाने बाटो दिएको थियो । –एजेन्सीको सहयोगमा

Related Articles

Back to top button