समाचार

निषेधाज्ञा असोज १५ गतेसम्म थपिने

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले वीरगञ्जमा जारी निषेधाज्ञा १५ गतेसम्म थप गरेको हो ।संक्रामक रोग ऐन २०२० बमोजिम जारी निषेधाज्ञालाई अशोज १५ गते राति १२ बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यद्यपि सार्वजनि क सेवा प्रवाहका सम्बन्धमा सबै कार्यालय, निकाय एवम् संघसंस्थाहरुलाई बिहीबारदेखि नै सेवा प्रवाह गर्न दिइएको छ ।सेवा प्रवाह गर्दा प्रवेश बिन्दुमा ताप

क्रम मापन गर्ने, साबुन र सेनिटाइजरको व्यवस्था गर्ने, कर्मचारी र सेवाग्राहीबिचको दूरी कम्तीमा दुई मिटर हुनुपर्ने, अनिवार्य मास्क लगाउनुपर्ने, नलगाए कालाई कार्यालय प्रवेश निषेध गर्ने निर्देशन जारी गरिएको छ । यसैगरि सेवाग्राहीहरुलाई सम्भव भएसम्म अनलाइन सेवा दिने, शुल्क र राजश्व लिँदा सम्भव भएसम्म नगद कारोबार नगरी बैंकिङ कारोबार गर्ने, टोकन प्रणाली लागु गर्ने जस्ता व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button