समाचार

।यातायात मन्त्री महासेठको गाडी खोलामा डुबेपछि…

यातायात मन्त्री महासेठको गाडी खोलामा डुबेपछि… काठमान्डौ , भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा डुबेको छ ।सहरे खोलाको पुलको शिलन्यास गरी फर्कने क्रममा खोला तर्ने क्रममा मन्त्रीको गाडी डुबेको हो । बा २ झ ४०२९ नम्बरको गाडी डुबेपनि मन्त्रीलाई सकुशल बाहिर निकालिएको छ भने गाडीलाई जेसिबीको सहायताले बाहिर निकालिएको थियो । सहरे खोलामा पुल निर्माण हुने भए पछी अर्जुन चौपारी गा पा(केन्द्र) वार्ड नम्बर १ बजार देखि अधिखोला गापा – अर्घौधी, राम्चे, अरुचौर हुदै नेपालकै पहिलो पर्यटकिय गाउँ सिरिवारीको यात्रा गर्दा भोग्नुपर्ने समस्याको अब समाधान हुने भएको छ ।यहि बर्ष सहरेखोला पक्की पुल निर्माणका लागि बजेट बिनियोज भएको छ र उक्त

काम अर्जुनचौपारी गा पा ले नभई सडक डिभिजन कार्यलय पोखराले हेरिरहेको छ ।अर्जुनचौपारी गा पा को ब्यबस्थापन संगै सडक डिभिजन कार्यलय पोखराको आयोजनामा सहरे खोलाको पक्कि पुलको शिलान्यास माननिय भौतिक पुर्वाधार तथा यातयात मन्त्रि रघुविर महासेठद्वारा गरिएको हो ।काठमाडौँ : पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ ।पाल्पाको निस्दी गाउँपालिकाका-३ मा जंगली च्याउ खाँदा बिरामी परेका ११ जना मध्ये २ जनाको मृत्यु भएको हो ।च्याउको तरकारी पकाएर खाएपछि बिरामी परेकाहरु मध्ये ९ वर्षीय निर्मलासिंह ठकुरी र ४ वर्षीय विष्णुसिंह ठकुुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।उनका अनुसार घाइतेहरुको मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अवस्था सामान्य छ ।

Related Articles

Back to top button