समाचार

ढुङ्गा लागेर घाइते भएकी महिलाको हवाइ उद्धार

जेठ २७ मार्तडी । बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाइ जहाजबाट उद्धार गरिएको छ ।उक्त नगरपालिकाको कुरु माइती घर भइ हाल बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको पहमा उद्धार गरिएको हो ।माइती घर भेटघाटमा गएकी रोकाया गाउँ नजीकै नुहाउन गएका बेला भिरबाट ढुङ्गा लागेर घाइते भएपछि थप उपचारका लागि समिट एयरमा नेपालगञ्जको कोहरपुर मेडिकलमा लगिएको वडाध्यक्ष रोकायाले जानकारी दिए ।सुदूरपश्चिम आन्तरिक मामिला तथा कानून मन्त्रालयको र बूढीनन्दा नगररपालिकाको ५०÷५० प्रतिशतको आर्थिक सहयोगमा घाइते महिला रोकायाको थप उपचारका लागि पहल गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहका स्वकीय सचिव जङ्गबहादुर विकले बताए ।उनले मन्त्री शाहको पहलमा घाइते भएकी महिलाको हवाई उद्धार कार्यक्रममार्फत उद्धार गरिएको बताए । हालसम्म जिल्लामा चार जनाको हवाई उद्धार कार्यक्रमबाट उद्धार गरिसकेको बताइएको छ ।यातायात मन्त्री महासेठको गाडी खोलामा डुबेपछि… काठमान्डौ , भौतिक पुर्वाधार तथा यातायात मन्त्री
रघुबिर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा डुबेको छ ।सहरे खोलाको पुलको शिलन्यास गरी फर्कने क्रममा खोला तर्ने

क्रममा मन्त्रीको गाडी डुबेको हो । बा २ झ ४०२९ नम्बरको गाडी डुबेपनि मन्त्रीलाई सकुशल बाहिर निकालिएको छ भने गाडीलाई जेसिबीको सहायताले बाहिर निकालिएको थियो । सहरे खोलामा पुल निर्माण हुने भए पछी अर्जुन चौपारी गा पा(केन्द्र) वार्ड नम्बर १ बजार देखि अधिखोला गापा – अर्घौधी, राम्चे, अरुचौर हुदै नेपालकै पहिलो पर्यटकिय गाउँ सिरिवारीको यात्रा गर्दा भोग्नुपर्ने समस्याको अब समाधान हुने भएको छ ।यहि बर्ष सहरेखोला पक्की पुल निर्माणका लागि बजेट बिनियोज भएको छ र उक्त काम अर्जुनचौपारी गा पा ले नभई सडक डिभिजन कार्यलय पोखराले हेरिरहेको छ ।अर्जुनचौपारी गा पा को ब्यबस्थापन संगै सडक डिभिजन कार्यलय पोखराको आयोजनामा सहरे खोलाको पक्कि पुलको शिलान्यास माननिय भौतिक पुर्वाधार तथा यातयात मन्त्रि रघुविर महासेठद्वारा गरिएको हो ।काठमाडौँ : पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ ।पाल्पाको निस्दी गाउँपालिकाका-३ मा जंगली च्याउ खाँदा बिरामी परेका ११ जना मध्ये २ जनाको मृत्यु भएको हो ।च्याउको तरकारी पकाएर खाएपछि बिरामी परेकाहरु मध्ये ९ वर्षीय निर्मलासिंह ठकुरी र ४ वर्षीय विष्णुसिंह ठकुुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।उनका अनुसार घाइतेहरुको मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अवस्था सामान्य छ ।

Related Articles

Back to top button